
लन्डन । बेलायतमा बुधबारसम्ममा मङ्कीपक्सका बिरामीको संख्या ५०० नाघेको छ।
युके हेल्थ सेक्युरिटी एजेन्सीले इङ्गल्याण्डमा ५०४ मङ्कीपक्सका घटनाहरू दर्ता भएको बताएको छ । यस्तै स्कटल्याण्डमा १३, उत्तरी आयरल्यान्डमा दुई र वेल्समा पाँच जनामा पुष्टि भएको छ ।
मङ्कीपक्स भएका व्यक्तिहरुसित नजिकको सम्पर्क र यौनसम्पर्कमा रहेका व्यक्तिहरूमा सङ्क्रमण बढ्दो पाइएको छ । समलिङ्गी, उभयलिङ्गी वा अन्य प्रकारले यौन सम्पर्कमा रहेका व्यक्तिहरूमा यस्तो सङ्क्रमण देखिएको युके हेल्थ सेक्युरिटी एजेन्सीले जनाएको छ।
लन्डन स्कूल अफ हाइजीन एन्ड ट्रपिकल मेडिसिनका सङ्क्रामक रोग महामारी विज्ञानका प्राध्यापक डेभिड हेम्यानले भने कुनै निश्चित समूह वा व्यक्तिहरूलाई लक्ष्यित गरी सङ्क्रमित हुन सक्ने भन्नु गलत हुने बताएका छन् ।
“यद्यपि समग्र जोखिम सानो देखिन्छ, सबैजना सतर्क रहनु पर्छ किनकि सार्वजनिक स्वास्थ्य एजेन्सीहरूले यस प्रकोपलाई नियन्त्रण गर्न काम गरिरहेका छन् । सङ्क्रमण भएको कसैको नजिकको सम्पर्कमा पर्दा जो कोहीलाई पनि असर गर्ने सम्भावना हुन्छ,” हेम्यानले भने।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]