
ब्रसेल्स । युरोपेली सङ्घ (इयू)बाट बेलायत बाहिरिँदा दुवैपक्षबीच भएका सम्झौताका केही अंशलाई बेलायतले एकतर्फीरूपमा अस्वीकार गरेपछि बेलायतविरुद्ध इयूले कानुनी कारबाही शुरू गरेको छ ।
बेलायतले आफ्नो भूमिबाट उत्तरी आयरल्याण्ड प्रवेश गर्ने केही सामानमा भन्सार जाँचका प्रावधान एकतर्फीरूपमा हटाउन खोजेपछि इयूले कानुनी कारबाही शुरू गरेको हो । यद्यपि युरोपेली आयोगले समस्याको संयुक्त समाधान अदालत बाहिर खोज्नुपर्नेमा जोड दिएको छ ।
बेलायतको एकपक्षीय निर्णयले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको र त्यो अस्वीकार्य भएको इयूले बताएको छ । युरोपेली आयोगका उपाध्यक्ष मारोस सेफकोभिचले आज यहाँ भएको पत्रकार सम्मेलनमा उत्तरी आयरल्याण्डको प्रोटोकल’ भित्र रहेर समस्याको समाधान खोजिुनपर्ने बताए ।
उक्त प्रोटोकल ब्रेक्जिट सम्झौताको एक अंश हो जसले मालसामानहरूका लागि उत्तरी आइयल्याण्डलाई इयूको एकल बजारमा समावेश गरेको छ । विवाद समाधान हुन नसकेमा बेलायतका सामानहरूमा भन्सार लगाउन सकिने जनाउँदै उपाध्यक्ष सेफकोभिचले बेलायतबाट नयाँ–नयाँ माग आएका बताए ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]