
मारिउपोल, यूक्रेन । पूर्वी यूक्रेनका रूस समर्थक समूहका एक नेताले यूक्रेनी सेनालाई सहयोग गरेको आरोपमा पक्राउ परेका दुई बेलायतीमाथिको मृत्युदण्डको सजायमा कुनै फेरबदल नहुने बताएका छन् ।
“तिनीहरू पैसाको लागि सर्वसाधारणलाई मार्न यूक्रेन आए । त्यसैले उनीहरुमाथि तोकिएको सजायमा कुनै कमी वा परिमार्जनको म कुनै सम्भावना देख्दिनँ,” उनीहरूलाई मुद्दा लगाउने पृथकतावादी डोनेट्स्क क्षेत्रका नेता डेनिस पुशिलिनले आइतबार सञ्चारकर्मीसँग बताएका छन् ।
पुशिलिनले भने, “अदालतले तीन जना लडाकूलाई ‘पूर्ण न्यायोचित सजायँ’ को घोषणा गरेको छ ।”
बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई उनीहरूको भाग्यलाई बेवास्ता गरेको र पृथकतावादी अधिकारीहरुसँग सम्पर्क गर्न नसकेको आरोप पनि उहाँले लगाउनुभयो ।
दुई बेलायती र एक मोरक्कोका नागरिकलाई रुस समर्थक समूहले पक्राउ गरी मृत्युदण्डको सजायँ सुनाएको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका प्रवक्ताले बेलायती नागरिकहरू एडेन अस्लिन र शाउन पिनर र मोरोक्को ब्राहिम साडुनलाई सुनाइएको मृत्युदण्डको फैसलाले आफूलाई ‘आश्चर्य’ मा पारेको बताउनुभएको थियो ।
प्रवक्ताले भन्नुभयो, “यो कुरा स्पष्ट छ कि तिनीहरू यूक्रेनी सशस्त्र फौजका सदस्यहरू थिए र त्यसकारण तिनीहरू युद्धबन्दी हुन् । डोनेट्स्कका पृथकवादी अधिकारीहरूले उनीहरूलाई आरोप लगाए झैँ उनीहरू पैसाका लागि लड्न त्यहाँ गएका होइनन् ।”
अस्लिन र पिनरका परिवारका अनुसार यी दुई पुरुष सन् २०१८ देखि यस यूक्रेनमा बसोबास गर्दै आएका हुन् ।
शुक्रबार संयुक्त राष्ट्रसंघले रूस समर्थक युक्रेनी विद्रोहीहरूले कैदीहरूविरुद्ध मृत्युदण्ड सुनाएकोमा चिन्ता व्यक्त गरेको थियो ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य