
कियभ । बेलायतका रक्षामन्त्री वेन बालेसले युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराइने बताउनुभएको छ । युक्रेनमा रुसी सेनासित लड्न सैनिक सामग्रीको अभाव भइरहेको समाचार आइरहेको बेलामा रक्षा मन्त्री वालेसले शनिबार सो प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो ।
हाल बेलायतको भ्रमणमा रहनुभएका युक्रेनका रक्षा मन्त्रीसँगको भेटघाटपछि बेलायती रक्षा मन्त्री वालेसले सो कुराको जानकारी दिनुभएको हो । शनिबार उहाँहरु बीच भएको भेटका क्रममा हालैका दिनहरुमा युक्रेनको अवस्थाको बारेमा युक्रेनी रक्षा मन्त्रीले जानकारी गराउनुभएको थियो ।
अहिले पनि युक्रेनलाई बेलायतले सैन्य सहयोग दिइरहेको र यसलाई आगामी दिनमा थप वृद्धि गरिने बेलायती रक्षा मन्त्री वालेसले जानकारी दिनुभयो । अहिले पनि युक्रेनमा रुसको हमला जारी नै रहेको भन्दै युक्रेनका रक्षामन्त्री ओलेक्सी रेनिकोभले रुससँग लडाइँ गर्नका लागि थप शक्तिशाली हतियार आवश्यक रहेको सो भेटमा बताउनुभएको थियो ।
गत महिना मात्र बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको भ्रमण गर्नुभएको थियो । त्यस भ्रमणका क्रममा प्रधानमन्त्री जोनसनले बेलायतले युक्रेनका लागि १.६ बिलियन अमेरिकी डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गर्नुभएको थियो ।
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]