
लण्डन । कीर्तिमानी आरोही निर्मल पुर्जाले बेलायती महारानीबाट प्रदान गरिएको मेम्बर अफ द मोस्ट इक्सिलेन्ट अर्डर अफ द ब्रिटिश अम्पाएर (एमबीई) पदक ग्रहण गरेका छन् ।
उनले सामाजिक सञ्जालमा हिजो विन्जर क्यासलमा सो तक्मा ग्रहण गरेको बताएका छन् ।
विन्जर क्यासल बेलायती महारानीको बसोबास गर्ने दरबारमध्ये एक हो । जहाँ अहिले बेलायती महारानी बसोबास गरिरहेकी छिन् ।
हिमालमा अद्वितीय उद्धार कार्य गरेकोमा उनलाई सन् २०१८ मा सो पदक प्रदान गरिएको हो । बेलायती सेनाको विशेष दस्तामा रहँदा नै उनले सगरमाथा आरोहणका क्रममा अभरमा परेका आरोहीहरुलाई उद्दार गरेका थिए ।
सो पदक ग्रहण गर्नका लागि पुर्जा पत्निसहित गएका थिए ।
उनले सबैलाई धन्यवाद दिँदै आफ्नो सपनामा विश्वास गरेमा त्यसलाई साकार बनाउन सकिने बताएका छन् ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ