
लण्डन । बेलायतको आर्थिक वृद्धिद्धर विकसित राष्ट्रहरुमध्ये सबैभन्दा सुस्त हुनसक्ने प्रक्षेपण गरिएको छ ।
द अर्गनाजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेण्ट (ओइसिडी)ले सो प्रक्षेपण गरेको हो ।
ओइसिडीका अनुसार यो वर्ष बेलायतको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने छ भने अर्को साल शुन्य प्रतिशत रहने छ ।
यो विश्वका विकसित राष्ट्रहरुमध्येको सबैभन्दा कम्ती आर्थिक वृद्धिदर हो ।
बेलायत उच्च ब्याजदर, उच्च करको दर, घट्दो व्यापार, खाद्यान्न तथा उर्जाको चर्को मूल्यको दबाबका कारण सुस्त आर्थिक वृद्धिको बाटोमा पुगेको ओइसिडीका प्रमुख अर्थशास्त्री लरेन्स बुनले बताएका छन् ।
ओइसिडीले मुद्रास्फिति यो वर्षको अन्त्यसम्ममा १० प्रतिशत नाघ्ने र अर्को वर्षको अन्त्यबाट मात्र घट्ने अनुमान गरेको छ ।
यस्तै, बैँक अफ इंग्ल्याण्डले आधारभूत ब्याज दर यस वर्षको अन्त्यसम्ममा १० प्रतिशतसम्म पुर्याउन सक्ने ओइसिडीको अनुमान छ । ब्याजर दर अर्को वर्षको अन्त्य सम्ममा ४.७ प्रतिशतमा झर्न सक्ने बताइएको छ ।
विश्व बैँकले विश्वको आर्थिक वृद्धिदर ४.५ प्रतिशतबाट ३ प्रतिशतमा झार्ने प्रक्षेपण गरेको छ । ओइसिडीले अर्जेण्टिना र अष्ट्रेलियाको मात्र आर्थिक वृद्धिदर पूर्व प्रक्षेपण गरिएको भन्दा वृद्धि हुने आँकलन गरेको छ ।
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता