
लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले विश्वासको मत पाएका छन् ।
पार्टीभित्र उनीमाथि विश्वास नरहेको भन्दै ५४ जना सांसदहरुले १९२२ कमिटीमा हस्ताक्षर बुझाएपछि सोमबार बेलुका मतदान भएको थियो । मतपरिणामअनुसार जोनसनको पक्षमा २११ जना सांसदले मत दिएका छन् भने विपक्षमा १४८ सांसदले मतदान गरेका छन् ।
सत्तारुढ कन्जरभेटिभ पार्टीसित ३५९ सांसद छन् । सबैले मत दिएका छन् । अब एक वर्षका लागि जोनसनको जागिर जोगिएको छ । किनभने पार्टीको विधानअनुसार एक वर्षभित्र अविश्वासको प्रस्ताव ल्याउन पाइँदैन ।
यद्यपि पार्टीभित्र निकै लोकप्रिय मानिएका जोनसनको विपक्षमा आएको मत निकै ठूलो मानिएको छ । करिब ४१ प्रतिशत कन्जरभेटिभ सांसद उनको विपक्षमा उभिएका छन् ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]