
लन्डन । बेलायतका प्रधानमन्त्री जोनसनले सत्तारुढ कन्जरभेटिभ पार्टीमा विश्वासको मत लिने भएका छन् ।
आज साँझ ६ बजेदेखि ८ बजेसम्म सांसदहरुले बोरिस जोनसनलाई पार्टीको नेता कायम राख्ने कि नराख्ने भन्ने बारेमा मत दिने छन् ।
उनको नेतृत्वप्रति विश्वास नरहेको जनाउँदै ५४ जना सांसदहरुले पार्टीको १९२२ कमिटीमा पत्राचार गरेपछि जोनसनले विश्वासको मत लिनु पर्ने अवस्था सृजना भएको हो ।
तथापि उनको वर्तमान मन्त्रीमण्डलका अधिकांश सदस्यहरुले जोनसनप्रति समर्थन व्यक्त गरेका छन् ।
जोनसनलाई नेताबाट हटाउनका लागि उनका विरुद्ध आएको अविश्वासको प्रस्ताव पारित हुन १८० जना सांसदले मत दिनुपर्नेछ ।
कोरोना कालमा प्रधानमन्त्रीको कार्यालयमा श्रृङ्खलावद्ध भोज गरेको पाइएपछि जोनसनप्रति पार्टीभित्रबाटै अविश्वास बढेर गएको छ । जसका कारण जोनसन नेतृत्वको कंजरभेटिभ पार्टीले मेमा भएको स्थानीय चुनावमा पनि धेरै सिट गुमाउनु परेको छ भने संसदका रिक्त सिटहरुमा भएका उपनिर्वाचनमा पनि पराजय व्यहोर्नु परेको छ ।
प्रधानमन्त्री कार्यालय र निवासमा भएको भोजका लागि जोनसनले गठन गरेको सु ग्रेको प्रतिवेदनले पनि उनलाई दोष ठहर गरेको छ भने प्रहरीले पनि जरिवाना गरिसकेको छ । त्यसपछि जोनसनले मन्त्रीहरुले पालना गर्नुपर्ने निर्देशिका नै परिवर्तन गर्दै त्यस्तो निर्देशिका उल्लंघन गरेमा पदबाट राजिनामा दिन नपर्ने, तलव कटाउने वा माफी माग्ने प्रावधान राखेका छन् ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ