
लण्डन । बेलायतका नेपाली समुदायमाझ लोकप्रिय फुटबल प्रतियोगिता गोर्खा कप यस वर्ष एफसी केन्टले जितेको छ ।
उसले फाइनलमा राङभाङलाई हराउँदै बीसौँ गोर्खा कपको उपाधि हात पार्न सफल भएको हो । यससँगै उसले २ हजार ५०० पाउण्ड नगद र शिल्ड पाएको छ भने खेलाडीहरुले ट्रफी र प्रमाणपत्र पाएका छन् ।
रनरअप हुन सफल राङभाङले १ हजार ५०० पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र पाएको छ ।
उता भेट्रानतर्फ ब्रिगेड ब्वाइज क्लव (बीबीसी) ले जितेको छ । उसले नगद पुरस्कार १ हजार ५०० पाउण्ड पाएको छ भने उपविजेता बनेको इलाम एफसीले ८०० पाउण्ड नगद हात पारेको छ ।
प्रतियोगितामा पहिलो पटक महिलाहरुको प्रतिस्पर्धा गराइएको थियो । जसमा मनोक्रान्ति टीमले म खेल्छु टीमलाई हराउँदै विजेता बनेको छ । विजेता मनोक्रान्ति टीमले ५०० पाउण्ड नगद पुरस्कार र उपविजेता म खेल्छु टीमले ३०० पाउण्ड नगद पुरस्कार पाएका छन् ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी मिलन राई भएका छन् भने भेट्रानतर्फ उत्कृष्ट खेलाडी खुम गुरुङ भएका छन् । महिलातर्फ उत्कृष्ट खेलाडी काजा बनेकी छिन् । उत्कृष्ट म्यानेजर प्रेम गुरुङ बनेका छन् ।
यसैगरी यसैवर्षदेखि राखिएको छेलो खेलमा निरज गुरुङ विजेता र मानबहादुर गुरुङ उपविजेता बनेका छन् भने भेट्रानतर्फ श्याम गुरुङ विजेता र आशबहादुर गुरुङ उपविजेता बनेका छन् ।
तमुधिँ युकेले आयोजना गरेको सो प्रतियोगितामा मुख्य विधातर्फ ३२ टीमले, भेट्रानतर्फ ८ टीमले र महिलातर्फ २ टीमले भाग लिएको थियो ।
तमुधिँ युकेका अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा अल्डरसटस्थित क्वीन्स एभेन्यूमा भएको सो कार्यक्रमको संचालन महासचिव परशु गुरुङले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि रसमुर काउन्सिलका मेयर जोन मार्स रहेका थिए भने नेपाली दुताबास लण्डनकी उपनियोग प्रमुख रोशन खनाल विशेष अतिथि रहेकी थिइन् । कार्यक्रममा बेलायस्थित नेपाली संघसंस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो भने व्यापारिक र सेवामूलक स्टलहरु पनि राखिएका थिए ।
तमुधिँ युकेले विगत दुई दशकदेखि गोर्खाकप आयोजना गर्दै आएको छ ।

अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]