
लन्डन । एनआरएनए यूकेले हाल बेलायतमा रहेका नेपाल आविष्कार केन्द्रका अध्यक्ष तथा वैज्ञानिक डा महावीर पुनलाई आफ्नै कर्यालयमा सम्मान तथा स्वागत गरेको छ ।
शुक्रबार सांझ अल्डरसटस्थित कार्यालयमा आयोजित कार्यक्रममा सम्मानपछि अन्तरक्रिया गरिएको हो ।
एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले डा पुनलाई पुष्पगुच्छा र खादाले सम्मान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी डा पुनले सम्मानका लागि एनआरएनए यूकेलाई धन्यवाद दिए । सन् १९९२ मा अमेरिकाबाट फर्किएर समाजसेवामा लागेका पुनले आविष्कार केन्द्र स्थापनाको उद्देश्य र आवश्यकताबारे औंल्याए ।
देशको विकास गाउंगाउंमा झोला बोकेर समाजसेवाले मात्र नहुने धारणा राख्दै उनले देश र समाज रुपान्तरणका लागि युवालाई स्वदेशमै रोजगारी दिनुपर्ने र त्यो देशलाई समृद्धि बनाएमात्र सम्भव हुने बताए । ‘धनी देशहरुले महत्वपूर्ण पूंजी परिचालन गरेर मात्र देश समृद्धि भएको रहेछ, अर्थतन्त्र राम्रो बनेको रहेछ’, पुनले भने, ‘अनुसन्धान, अन्वेषणमा मानव पूंजी परिचालन गरेरमात्र समृद्धि सम्भव छ । हामी पैसा पैसा भन्छौं, तर पैसा भन्दा ठूलो पूंजी मानिस हो ।’
विश्वका कयौं राष्ट्रका आविष्कार केन्द्रहरुसंग केही सहकार्य गर्न सकिन्छ कि भनेर आफू हिंडिरहेको जनाउंदै पुनले अरु देशका आविष्कार केन्द्र ठूला तर आफ्नो पृथक बताउने गरेको पनि सुनाए ।
एनआरएनए यूके उपाध्यक्ष तथा कार्यक्रम संयोजक गोविन्द खरेलले सञ्चालन गरेको कार्यक्रममा प्रमुख संरक्षक शेरबहादुर सुनारले पुनको व्यक्तित्व र सामाजिक कार्यको चर्चा गर्दै पुन र कुलमान घिसिंगहरु देशका सच्चा सपुत भएको बताए ।
आफ्नो देश र गाउंको विकासका लागि अमेरिका बसाइ समेत छाडेर स्वदेश फर्कनु उनको ठूलो त्याग भएको जनाउंदै सुनारले पुनप्रति सम्मान दर्शाए ।
कार्यक्रम अध्यक्षता गरेका एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले वैज्ञानिक डा पुन देशको सान र गौरव भएको जनाउंदै पुनले आफ्नो देशलाई दिएको योगदानप्रति सम्मान व्यक्त गरे ।
देश समृद्धि नहुंदा प्रवासमा रहनु परेको प्रसंग निकाल्दै अध्यक्ष गाहामगरले गैर आवासीय नेपालीहरु देशका लागि ज्ञान र सीप प्रदान गर्न सधैं इच्छुक रहेको बताए ।
आविष्कार केन्द्रलाई ठूलो रकम आवश्यक भएको परिप्रेक्ष्यमा गैर आवासीय नेपालीले हातेमालो गर्ने गाहामगरले जनाए ।
गैर आवासीय नेपालीलाई दोहोरो नागरिकताको प्रत्याभूति नभएसम्म देशमा लगानी तथा अन्य कामका लागि आत्मबल नहुने बताउंदै गाहामगरले नेपाल सरकारलाई यसतर्फ गम्भीर भएर सोच्न आग्रह गरे ।
कार्यक्रममा काउन्सिलर रामकुमार लिम्बु, आविष्कार केन्द्रका युरोप संयोजक हरिकृष्ण न्यौपाने लगायतले मन्तव्य दिएका थिए ।

अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]