
कीभ । रूसले युक्रेनमाथि आक्रमण गरेको शुक्रबार १०० दिन पूरा भएको छ । यो अवधिमा एक करोड २० लाख युक्रेनी नागरिक आन्तरिक तथा बाहयरूपमा विस्थापित बनेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क रहेको छ ।
यो अवधिमा दुवै देशका हजारौं सैनिक मारिएका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २४ मा यूक्रेन आक्रमणका लागि आफ्नो फौजलाई आदेश दिएदेखि हजारौं मानिसहरू मारिएका छन् । लाखौं मानिसहरू आफ्नो गाउँ, शहर वा बासस्थान छोडेर भाग्न बाध्य भएका छन् ।
यूक्रेनी शहरहरू भग्नावशेषमा परिणत भएका छन् ।
एक करोड २० लाख यूक्रेनी विस्थापित हुँदा करिब ६८ लाख मानिसले यूक्रेन छाडेको संयुक्त राष्ट्रसंघले जनाएको छ । जसमध्ये करिब ३६ लाख मानिस पोल्याण्ड पुगेका छन् भने ८० लाख मानिस आन्तरिक रूपमै विस्थापित भएका छन् ।
ठूलो मानवीय संकटमा फसेको यूक्रेनमा हरेक सेकेन्डमा एक बच्चा युद्ध शरणार्थी बनिरहेको बताइएको छ । रूसलाई घेराबन्दी गर्न पश्चिमा देशहरूले पनि लगातार नाकाबन्दी कडा गर्दै लगेको बताएका छन् । रूसले प्रत्यक्ष फाइदा नपाएसम्म तत्काल युद्ध रोक्ने लक्षण देखाएको छैन भने यूक्रेन पनि आफ्ना सहयोगी पश्चिमी मुलुकहरूको बलमा रूससमक्ष लडिरहेको छ । आत्मसमर्पण गर्ने कुनै सङ्केत देखाएको छैन ।
गत फेब्रुअरी २४ मा यूक्रेनमाथि तीन तिरबाट आक्रमण थालेको रूसले युद्धमा विजय नपाए पनि यूक्रेनको जनजीवन भने अस्तव्यस्त बनेको छ ।
सुरूमा पूर्वी यूक्रेनसँगै राजधानी कीभलाई लक्षित गरी आक्रमण गरिएको थियो । केही दिनमै यूक्रेन कब्जा गर्ने रूसको योजना सफल हुन नसकेपछि अहिले पूर्वी यूक्रेनमा आक्रमण केन्द्रित छ ।
ठूलो संख्यामा सैन्य सामग्री र हातहतियार नष्ट भएको छ । शान्त र सुन्दर यूक्रेन खण्डहरमा परिणत भएको छ । यस युद्धमा क्रमशः पूर्वी यूरोप र बाँकी विश्व पनि तानिएको छ । संसारभरकै जनजीवनमा असर पुग्न थालेको छ । यूक्रेनले ३० देखि ५० प्रतिशत कुल गार्हस्थ्य उत्पादन गुमाउँदा बजेट घाटामात्रै ५ अर्ब अमेरिकी डलर पुगेको बताइएको छ ।
रूसी आक्रमणका कारण यूक्रेनमा ६ खर्ब अमेरिकी डलर बराबरको संरचना ध्वस्त भएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य