
लन्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई उहाँले सत्ता सम्हालेको ७० औँ बर्ष पुगेको उपलक्ष्यमा आयोजित ऐतिहासिक समारोहको पहिलो दिन उहाँलाई थप दीर्घ जीवनको शुभकामना व्यक्त गरिएको छ ।
महारानीको बुढ्यौलीका कारण देखिएको स्वास्थ्य समस्याले गर्दा उहाँ सार्वजनिक रूपमा उपस्थित हुन सक्नेमा आशङ्का गरिएको थियो । जब उहाँले हजारौँ शुभचिन्तकलाई आफ्नो दरबारको कौसीबाट अभिवादन गर्नुभयो उहाँको दीर्घायुको कामना गर्दै कार्यक्रममा सहभागी दर्शकले भीडबाट उहाँको जयजयकार गरेका थिए ।
शताब्दीयौं पुरानो ‘ट्रूपिङ द कलर’ सैन्य परेड हेर्न हजारौं मानिसहरू चहकिलो घाममा लण्डनको मध्य भागमा भेला भएका थिए ।
७० वर्षदेखि महारानी रहनुभएकी महारानीले सबैभन्दा लामो समय बेलायतको सिंहासनमा रहेर नेतृत्व गरी संवैधानिक राजसंसस्थाको रेकर्ड बनाउनुभएको छ ।
उत्सवमा ९६ वर्षीया महारानीको उपस्थिति रोग बिमार र हालैको गतिशीलताका कारण कम अपेक्षा गरिएको थियो । जब उहाँ दरबारको कौसीमा देखिएर सबै प्रशंसकलाई हात हल्लाएर अभिवादन गर्नुभयो उहाँलाई त्यहाँ सहभागी जनमासले हर्षविभोर भएर सामूहिक स्वरमा उच्च प्रशंसा गरेका थिए ।
नीलो पहिरनमा सजिएकी महारानीले सो अवसरमा राजपरम्पराअनुसार बकिङहाम प्यालेसको कौसीबाटै फौजबाट सलामी ग्रहण गर्नुभएको थियो । महारानीलाई सलामी दिएपछि सुरू भएको हजारौँ सहभागी परेडमा राजपरिवारका सदस्यहरू रथारोहण गर्दै सडक वरपर उभिएका दर्शकलाई अभिनन्दन गरेका थिए ।


एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने