
लन्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई उहाँले सत्ता सम्हालेको ७० औँ बर्ष पुगेको उपलक्ष्यमा आयोजित ऐतिहासिक समारोहको पहिलो दिन उहाँलाई थप दीर्घ जीवनको शुभकामना व्यक्त गरिएको छ ।
महारानीको बुढ्यौलीका कारण देखिएको स्वास्थ्य समस्याले गर्दा उहाँ सार्वजनिक रूपमा उपस्थित हुन सक्नेमा आशङ्का गरिएको थियो । जब उहाँले हजारौँ शुभचिन्तकलाई आफ्नो दरबारको कौसीबाट अभिवादन गर्नुभयो उहाँको दीर्घायुको कामना गर्दै कार्यक्रममा सहभागी दर्शकले भीडबाट उहाँको जयजयकार गरेका थिए ।
शताब्दीयौं पुरानो ‘ट्रूपिङ द कलर’ सैन्य परेड हेर्न हजारौं मानिसहरू चहकिलो घाममा लण्डनको मध्य भागमा भेला भएका थिए ।
७० वर्षदेखि महारानी रहनुभएकी महारानीले सबैभन्दा लामो समय बेलायतको सिंहासनमा रहेर नेतृत्व गरी संवैधानिक राजसंसस्थाको रेकर्ड बनाउनुभएको छ ।
उत्सवमा ९६ वर्षीया महारानीको उपस्थिति रोग बिमार र हालैको गतिशीलताका कारण कम अपेक्षा गरिएको थियो । जब उहाँ दरबारको कौसीमा देखिएर सबै प्रशंसकलाई हात हल्लाएर अभिवादन गर्नुभयो उहाँलाई त्यहाँ सहभागी जनमासले हर्षविभोर भएर सामूहिक स्वरमा उच्च प्रशंसा गरेका थिए ।
नीलो पहिरनमा सजिएकी महारानीले सो अवसरमा राजपरम्पराअनुसार बकिङहाम प्यालेसको कौसीबाटै फौजबाट सलामी ग्रहण गर्नुभएको थियो । महारानीलाई सलामी दिएपछि सुरू भएको हजारौँ सहभागी परेडमा राजपरिवारका सदस्यहरू रथारोहण गर्दै सडक वरपर उभिएका दर्शकलाई अभिनन्दन गरेका थिए ।


अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]