
स्कटल्याण्ड। गैर आवासीय नेपाली संघ स्कटल्याण्ड राज्य परिषद्ले हालै काउडेनबिथमा गैर आवासीय नागरिकता सम्बन्धी अन्तरक्रिया गरेको छ। प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मन्त्री कार्कीले प्रवासी नेपालीहरु एकताबद्ध भएर अघि बढ्नुपर्ने र आफू र सरकारको तर्फबाट नागरिकताको विषयलाई टुंगोमा पुर्याउने विषयमा सक्दो पहल गर्ने बताउनु भयो।
उक्त कार्यक्रममा एनआरएनए युकेका उपाध्यक्ष मोहन कार्कीले प्रवासीको नेपालमा लगानीको उचित वातावरणको लागि गैर आवासीय नेपालीहरुको नागरिकता र सम्पत्तिको सुनिश्चितता गरिनुपर्ने तथा यस विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्ने बताउनु भयो । यसैगरी राज्य परिषद्का संरक्षक भोला खनालले नेपालमा प्रवासी नेपालीहरूको लागि लगानीको धेरै सम्भावना र अवसर भएको र सम्भाव्यता खोजी गर्नुपर्ने बताउनु भयो।
स्कटल्याण्ड राज्य परिषद्का अध्यक्ष काशीराम भण्डारीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा स्कटल्याण्डका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। राज्य परिषद्का उपाध्यक्ष उज्वल कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको संचालन राज्य परिषद्का संस्थापक सचिव कृष्ण दाहालले गर्नुभएको थियो।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाको अध्यक्षमा मनसुधन थापा मगर चयन
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?