
लण्डन । प्रथम भिक्टारिया क्रस (भिसी) पदक विजेता भूतपूर्व गोर्खा कुलवीर थापाको अल्डरसटमा रहेको प्रतिमामा नेपालका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले माल्यार्पण गरेका छन् ।
शिक्षा सम्बन्धी कार्यक्रममा बेलायत आएका मन्त्री पौडेलले बुधबार २५ मेका दिन अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा गतवर्ष निर्माण गरिएको भिसी थापाको प्रतिमामा माल्यार्पण गरेका हुन् । सो अवसरमा उनका पीए राजेन पौडेल, गेसोका कार्यवाहक अध्यक्ष धर्म तामाङ्ग, बेलायतस्थित नेपाली जनप्रगतिशील मन्च युकेका मानबहादुर गुरुङलगायत गोर्खा परिवारको सहभागिता रहेको थियो ।
प्रथम भिसी थापाले बेलायती सेनामा रहँदा देखाएको वीरता र साहसको कदर गर्दै बेलायत सरकारले उनलाई भिसी पदकद्वारा सम्मान गरिएको थियो । हालसम्म १४ जना गोर्खाज्हरु उक्त भिसी पदकद्वारा सम्मानित भैसकेका छन् भने उनी १३ जनामध्ये पहिलो भिसी पदक विजेता हुन् ।
बेलायतमा भूतपूर्व गोर्खाहरुले खेलेको भूमिका र दिएको योगदानलाई जिउँदो राख्नुपर्छ भन्ने उद्देश्यअनुरुप नेपालीहरुको बाक्लो बसोबास रहेको सैनिक सहरको रुपमा परिचित अल्डरसट फार्नबोरो अर्थात रसमुर क्षेत्रमा क्रियाशिल ग्रेटर रस्मोर नेपाली कम्युनिटी (जीआरएनसी) को पहल, स्थानीय रस्मोर बरो काउन्सिलको स्वीकृति, बेलायतस्थित गोर्खा भूतपूर्व सैनिक संघसंस्था, नेपाली संघसंस्था, नेपाली उद्यमी, व्यापारी, भूतपूर्व गोर्खा परिवारलगायत स्थानीयको आर्थिक सहयोगमा उक्त प्रतिमा गतबर्ष निर्माण गरिएको हो ।

अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]