
लण्डन । प्रथम भिक्टारिया क्रस (भिसी) पदक विजेता भूतपूर्व गोर्खा कुलवीर थापाको अल्डरसटमा रहेको प्रतिमामा नेपालका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले माल्यार्पण गरेका छन् ।
शिक्षा सम्बन्धी कार्यक्रममा बेलायत आएका मन्त्री पौडेलले बुधबार २५ मेका दिन अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा गतवर्ष निर्माण गरिएको भिसी थापाको प्रतिमामा माल्यार्पण गरेका हुन् । सो अवसरमा उनका पीए राजेन पौडेल, गेसोका कार्यवाहक अध्यक्ष धर्म तामाङ्ग, बेलायतस्थित नेपाली जनप्रगतिशील मन्च युकेका मानबहादुर गुरुङलगायत गोर्खा परिवारको सहभागिता रहेको थियो ।
प्रथम भिसी थापाले बेलायती सेनामा रहँदा देखाएको वीरता र साहसको कदर गर्दै बेलायत सरकारले उनलाई भिसी पदकद्वारा सम्मान गरिएको थियो । हालसम्म १४ जना गोर्खाज्हरु उक्त भिसी पदकद्वारा सम्मानित भैसकेका छन् भने उनी १३ जनामध्ये पहिलो भिसी पदक विजेता हुन् ।
बेलायतमा भूतपूर्व गोर्खाहरुले खेलेको भूमिका र दिएको योगदानलाई जिउँदो राख्नुपर्छ भन्ने उद्देश्यअनुरुप नेपालीहरुको बाक्लो बसोबास रहेको सैनिक सहरको रुपमा परिचित अल्डरसट फार्नबोरो अर्थात रसमुर क्षेत्रमा क्रियाशिल ग्रेटर रस्मोर नेपाली कम्युनिटी (जीआरएनसी) को पहल, स्थानीय रस्मोर बरो काउन्सिलको स्वीकृति, बेलायतस्थित गोर्खा भूतपूर्व सैनिक संघसंस्था, नेपाली संघसंस्था, नेपाली उद्यमी, व्यापारी, भूतपूर्व गोर्खा परिवारलगायत स्थानीयको आर्थिक सहयोगमा उक्त प्रतिमा गतबर्ष निर्माण गरिएको हो ।

नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र