
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले नेपालका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई स्वागत गरेको छ ।
गत बुधबार २५ मेका दिन बीसीसी युकेको अल्डरसटस्थित गुम्बामा मन्त्री पौडेललाई बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्गले स्वागत गरेका हुन् । सो अवसरमा उनीसँगै नेपालबाट आएका उनका स्वकीय सचिव राजेन पौडेल र नेपाली जनप्रगतिशील मन्च युकेका मानबहादुर गुरुङलाई पनि खादा लगाई स्वागत गरिएको हो ।
शिक्षासम्बन्धी एक विशेष कार्यक्रममा बेलायत आएका मन्त्री पौडेलले बेलायतस्थित नेपाली संघसंस्थाहरुसँग भेटघाट गर्ने क्रममा बीसीसी युकेको अल्डरसटस्थित गुम्बाको भ्रमण गरेका हुन् । सम्भवत उनी बीसीसी युके गुम्बामा प्रवेश गर्ने पहिलो नेपाली मन्त्री हुन् ।
बीसीसी युकेका धर्म गुरु खेन्पो कुन्ख्याप, लोपेन नोर्बु, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, आमा समूह, सल्लाहकारलगायत भक्तजनहरुको विशेष उपस्थितिमा स्वागत गरिएको थियो । सो अवसरमा माननीय मन्त्री पौडेल बौद्ध शिक्षाको बारेमा बोल्दै विदेशी भूमिमा बीसीसी युकेले बौद्ध गुम्बा स्थापनाको प्रसंशा गरेका थिए । त्यस्तै, बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्गले मन्त्री पौडेलको स्वागत गर्दै बीसीसी युके गुम्बाले गर्दै आएको विभिन्न कार्यक्रम, सेवा र च्यारिटीमूलक कार्यहरुबारे जानकारी गराएका थिए । त्यस्तै, धर्म गुरुहरुले सबै मानवजातिको सुख, समृद्धिका लागि पूजापाठ गरेका थिए ।
बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्गको अध्यक्षतामा सम्पन्न उक्त स्वागत कार्यक्रमलाई महासचिव क्याप्टेन देव घलेले संचालन गरेका थिए ।

अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]