
लण्डन । कोभिड महामारीको अन्तरालपछि किरात राई युकेद्वारा किरात राईहरुको महान चाड साकेला उभौली प्रत्यक्ष उपस्थितिमा मनाइएकोे छ ।
किरात राई यायोख्खा युकेको आयोजनामा शनिबार आफ्नै किरात राई हाउस ग्याम्बर्लेनमा पित्री पूजासहित सो चाड मनाइएको थियो ।
उक्त कार्यक्रममा राई समुदायको पुर्खा रत्न राई (पूर्व सभापति खोटाङ जिल्ला विकास समिति), अध्यक्ष चन्द्र बहादुर राई र प्रमुख अतिथि नेपालबाट पाल्नु भएको प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीद्वारा थानमा पूजा मन्चमा द्वीप प्रज्वलनका साथ साकेला नृत्यबाट औपचारिक कार्यक्रमको शुभारम्भ भएको थियो ।
प्रमुख अतिथि केदार कार्की र वहाँको धर्म पत्नी र अन्य अतिथिहरुमा एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगर, किरात राई यायोख्खा नेपालका उपमहासचिव शुभचन्द्र राई, यायोख्याका पूर्व राई अध्यक्षहरु, वकिङ बोरोका काउन्सिलर, पूर्व काउन्सिलर मेजर रिटायर्ड चित्रबहादुर राना, रश्मोर बोरोका काउन्सिलर जीव बेल्बासे र नेम थापा मगर, मगर संघ युकेका अध्यक्ष सीता पुर्जा पुन, शेर्पा संघका अध्यक्ष आङ्दावा च्याबा शेर्पा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेका अध्यक्ष गोमा राना, तामाङ सोसाइटी युकेका महासचिव मनि तामाङ लगायतका थुप्रै संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । अतिथिहरुले उभौलीको शुभकामना ब्यक्त गरेका थिए।
प्रमुख अतिथि मन्त्री कार्कीले आफ्नो मन्तव्यको क्रममा नेपालमा सयौं वर्ष राज्य गरेका किराँती यलम्बर किरातीहरु बेलायत जस्तो प्रजातान्त्रिक मुलुकमा आएर पनि आफ्नो पसिनाले आर्जेको भूमिमा आफ्नो सँस्कार सँस्कृतिको प्रबर्धन, भावी सन्ततिलाई प्रोत्साहन र निरन्तरताको लागि साकेला हुने दिनमा उपस्थित हुन पाउँदा अत्यन्तै गौरवान्वित भएको र आफ्नै भूमिमा उभिएर शुभकामना दिन पाइरहेको आभास भएको बताए ।
वरिष्ठ अतिथि पुर्खा रत्न राईले बेलायतमा मात्र नभै संसारभरी रहनुभएका सम्पूर्ण किरातीहरु पुस्तौ सम्म एकबद्द भएर अगाडी बढ्न सन्देश दिँदै सुम्निमा र पारुहाङ्ले सबैको रक्षा गरून् भने ।
कार्यक्रममा विभिन्न स्टलहरुका साथै भाषिक संस्थाहरु सीली, वायुङ राई किरातहरुको हजारौं र लाखौं सीलीहरु मध्यमा देमबुलु घ्रुप्चो सीली, नाग्ले सीली, भक्पा सीली, ङा साचो सीली गरी दर्जनौं सीलीहरुको प्रदर्शन रहेको थियो ।
चन्द्रबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सस्थाका महासचिव चन्द्रवती राई र सचिव प्रमिला लाबुङ राईले गरेका थिए ।
किरात राईहरुमा भाषामा विविधता हुनुको साथै लोपोन्मुख भाषाको खोजी कार्य भएको र किरातीहरुलाई एकताको सुत्रमा बाँध्ने भनेको साकेला नाच नै हो भन्दै सस्थाका अध्यक्ष राईले शुभकामना ब्यक्त गरेका थिए । उनले साकेला उभौली मनाउन उपस्थित हुनुभएका अतिथि लगायत सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ब्यक्त गरेका थिए । सबैलाई साकेला नाचमा सरिक गराइ भरपूर मनोरञ्जन गराएका थिए ।
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास
यी हुन् नेकपा र राप्रपाबाट छानिएका समानुपातिक सांसद [सूची]
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता