काठमाडौँ। नेपाल प्रहरीले राहदानी विभागको अनलाइन फर्म किर्ते गरी ठगी गर्ने तीनजनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–११ त्रिपुरेश्वरस्थित राहदानी विभागको हाताबाहिर राहदानीको अनलाइन फर्मको किर्ते गरी सेवाग्राहीबाट रकम लिने सिन्धुपाल्चोक जुगल गाउँपालिकाका ३५ वर्षीय दिनेश तामाङ, लमजुङ बेँसीशहर नगरपालिकाका ४० वर्षीय नविनकुमार श्रेष्ठ र सुर्खेत वीरेन्द्रनगरका ३६ वर्षीय यमबहादुर थापामगरलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले राहदानीको अनलाइन फर्म किर्ते गरी सेवाग्राहीबाट रकम असुल उपर गरेको गोप्य सूचनाका आधारमा तीनजनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
प्रहरीले पक्राउ परेकासँग रु ४० हजार नगद, एक थान कम्युटर, एक थान ल्यापटप, एक थान प्रिन्टर र ५० थान किर्ते गरिएका कागजपत्र बरामद गरेको छ ।
पक्राउ परेकासँग प्रहरीले मुलुकी अपराध (संहिता), २०७४ को परिच्छेद–२५ अन्तर्गत दफा २७६ को ‘कीर्ते गर्न नहुने’ कसूरमा काठमाडौँ जिल्ला अदालतबाट सात दिनको अनुमति लिएर थप अनुसन्धान गरिएको प्रवक्ता मैनालीले बताउनुभयो ।
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
एमालेले छान्यो समानुपातिक १६ सांसद, कुन क्लस्टरबाट को ?
एनआरएनएको १२औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा सुरु
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी