काठमाडौँ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूसँग रु सात लाख वा सोभन्दा बढी नगदमा भएका कारोबारहरूको सम्पूर्ण विवरण उपलब्ध गराउन पत्राचार गरेको छ ।
केन्द्रीय बैंकले ‘क’ वर्गका सबै बैंकलाई एक साताभित्र कारोबार गर्नेको नाम, खाता नम्बर, कारोबारको मिति र टिप्पणीसहित बैंक सुपरीवेक्षण विभागलाई विवरण उपलब्ध गराउन गत मङ्गलबार पत्राचार गरेको हो ।
विभागका निर्देशक रोशनकुमार सिग्देलले वाणिज्य बैंकहरूलाई पठाएको पत्रमा गत साउन १ देखि पुस ३० गतेसम्म भएका रु सात लाखभन्दा बढीको नगद कारोबार गर्नेको पूर्ण विवरण यही माघ २४ गतेसम्ममा उपलव्ध गराउन निर्देशन दिइएको छ ।
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न