काठमाडौं । कोरोनाभाइरस संक्रमण जोखिमलाई मध्यनजर गर्दै स्थगित गरिएको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बोलाइएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिपत्र जारी गर्दै २७ माघका लागि आह्वान गरिएको केन्द्र समिति बैठकले केन्द्रीय समितिको पूर्णता, पोलिटब्यूरो एवं स्थायी समितिको गठन र बाँकी पदाधिकारीहरूको निर्वाचन गर्ने जानकारी गराएका छन् ।
सोही बैठकले केन्द्रीय समितिका सदस्यहरुको कार्य विभाजनसहित महाधिवेशनले पारित गरेको कार्यदिशा अनुरुप कार्ययोजना निर्माण गर्ने र तत्कालीन परिस्थितिको समीक्षा गरेर थप निर्णय लिइने प्रचण्डले भनेका छन् ।
यसअघि २५ र ८ माघका लागि बोलाइएको बैठक कोरोनाको कारण स्थगित भएको थियो ।
आगामी स्थानीय तहदेखि प्रतिनिसभा सदस्य निर्वाचनको विषयमा पनि बैठकमा छलफल गर्ने अध्यक्ष प्रचण्डले परिपत्रमा उल्लेख गरेका छन् ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने