काठमाडौँ । नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन पुनःस्थगन भएको छ । यही माघ १५ गतेका निम्ति निर्धारण भएको अविधेशन कोरोना महामारीका कारण स्थगन भएको हो ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकको निर्णयअनुसार १६ जिल्ला कार्यसमितिको निर्वाचन अर्को निर्णय नभएसम्मका लागि स्थगन गरिएको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
आम नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी सरकारले स्वास्थ्य सुरक्षा र सावधानी अपनाउन जारी गरेका आदेश तथा पार्टीका जिल्ला अधिवेशनका प्रतिनिधिलगायत जिल्ला कार्यसमितिको निर्वाचनमा प्रत्यक्ष रुपमा सहभागी हुने पार्टीका नेता एवम् कार्यकर्ता, निर्वाचन समितिका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा स्वयम्सेवकलगायत सबैको स्वास्थ्यलाई ध्यानमा राखी अधिवेशन स्थगन गरिएको सचिव रिजालले वक्तव्यमा उल्लेख गर्नुभएको छ ।
गत मङ्सिर २४ देखि २८ गतेसम्म १४औँ केन्द्रीय महाधिवेशन सम्पन्न गरे नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन गर्न सकेको छैन । अधिवेशन गर्न बाँकी जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सासहित सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके र कैलाली हुन् ।
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद