काठमाडौँ । सरकारले कोरोना भाइरसको पीसीआर परीक्षणको शुल्क घटाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोभिड–१९ को पीसीआर परीक्षणको शुल्कमा समायोजन गरिएको बताउनुभयो ।
उहाँका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा रु ८०० र निजी अस्पताल तथा प्रयोगशालामा एक हजार ५०० भन्दा बढी लिने नपाउने गरी नयाँ शुल्क तोकिएको बताउनुभयो । सरकारले यसअघि सरकारी अस्पताल तथा प्रयोगशालामा रु एक हजार र निजी अस्पताल तथा प्रयोगाशालाले रु दुई हजार लिने गरेका थिए । कोरोनाको लक्षण देखिएका सबैको सरकारी अस्पताल तथा प्रयोगशालाले निःशुल्क पीसीआर परीक्षण गरिने गरिरहेको छ ।
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न