काठमाडौं । नेकपा एमालेले आज एक सर्कुलर जारी गर्दै २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्न निर्देशन दिएको छ । कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि एमाले केन्द्रीय कार्यालयले सर्कुलर जारी गरेर २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्न तल्ला कमिटीहरु, मातहतका जनवर्गीय संगठनहरुलाई निर्देशन दिएको हो ।
सर्कुलरमा पार्टीका नेता, कार्यकर्ता र जनप्रतिनिधिलाई जनसेवामा खट्न पनि आग्रह गरिएको छ ।
सर्कुलरमा भनिएको छ, ”नेकपा (एमाले), केन्द्रीय कार्यालयले आज आन्तरिक सर्कुलर जारी गर्दै कोभिड–१९ को बढ्दो संक्रमणलाई ध्यानमा राख्दै पार्टी तथा जनसंगठनका २५ जनाभन्दा बढी सहभागिता रहने सबै कार्यक्रमहरू स्थगित गर्न निर्देशन दिएको छ । साथै, सबै कमिटी, नेता–कार्यकर्ता र जनप्रतिनिधिहरूलाई आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा जुट्न पनि निर्देशन गरिएको छ ।”
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने