काठमाडौं । निर्वाचन आयोगले राखेको सर्वदलीय बैठकमा राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचन तोकिएकै समयमा गर्न सुझाव दिइएको छ ।
आउँदो १२ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदै छ भने आउँदो ६ जेठमा नयाँ जनप्रतिनिधि आइसक्नुपर्ने अवस्थालाई ध्यानमा राखेर निर्वाचन गर्नुपर्नेमा सहभागी दलका प्रतिनिधिहरूले सुझाव दिएका छन् ।
यसलाई मध्यनजर गरेर आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आउँदो माघको पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसक्नुपर्ने सुझाव दिए ।
कांग्रेसले तोकिएकै मिति आउँदो १२ माघमा राष्ट्रिय सभाको निर्वाचन गर्नुपर्ने सुझाव दिएको छ । १२ माघमा राष्ट्रियसभा निर्वाचन गर्नुपर्ने र यसका लागि मतदान केन्द्र बढाउन सुझाव दिएको छौँ’, कांग्रेस नेता रमेश लेखकले बताए ।
स्थानीय तहको निर्वाचनका विषयमा कांग्रेसले सरकारले छलफलमार्फत निष्कर्षमा पुग्नुपर्नेमा जोड दिएको छ ।
आयोगले १४ र २० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने गरी सरकारलाई सिफारिस गरिसकेको भए पनि यसबारे कुनै निर्णय भएको छैन । तर, तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुनुपर्नेमा एमालेले जोड दिएको छ ।
स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गरेर ६ जेठमा नयाँ जनप्रतिनिधि चयन गरिसक्नुपर्ने एमालेको भनाइ छ ।
निर्वाचन गर्न मिति १२० दिन अगाडि तोक्नुपर्ने हुन्छ ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने