काठमाडौँ । आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई यात्रुको बढी जमघट हुने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वास्थ्य सावधानीमा कडाइ गरिएको छ ।
कोभिड–१९ महामारीको जोखिम नियन्त्रणका लागि विमानस्थलले स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना गर्दै विमानस्थल प्रवेश गर्ने ‘भिजिटर’लाई कडाइ गरेको हो । अन्तरराष्ट्रिय उडानमा जाने यात्रुलाई बिदाइ वा स्वागतका लागि जाने भिजिटर पासमा कडाइ गरिएको छ । अत्यावश्यकलाई मात्रै त्यस्तो पास दिइने गरिएको छ ।
विमानस्थलका महाप्रबन्धक बोलाप्रसाद गुरागाईँले कोभिड महामारीको सम्भावित जोखिम नियन्त्रणका लागि भिजिटर पासमा कडाइ गरी स्वास्थ्य मापदण्ड पालनालाई प्रभावकारी बनाइएको बताउनुभयो । “विमानस्थलमा जाने भिजिटरको पास पूर्ण बन्द गरिएको होइन, अत्यावश्यकबाहेकलाई प्रवेशमा कडाइ गरिएको हो, यसले केही हदसम्म विमानस्थलमा भीडभाड कम हुने र महामारीको जोखिम पनि कम हुने अपेक्षा गरिएको छ ।”
पछिल्ला दिनमा निरन्तर कोभिडका सङ्क्रमित बढिरहेका छन् । प्रतिकूल मौसमका कारण उडान सामान्य प्रभावित हुँदा विमानस्थलमा यात्रुहरुको भीड लाग्ने गरेको विमानस्थलले जनाएको छ । यस्तो समस्या अहिले आन्तरिक र अन्तरराष्ट्रिय दुवै उडानमा भएको छ । आन्तरिकतर्फ विशेषगरी हिमाली र तराईका कतिपय विमानस्थलमा बिहान उडान ढिलो हुँदा विमानस्थलको टर्मिनलमा यात्रु खचाखच हुने गरेको छन् । भीडभाड बढेपछि विमानस्थलले स्वास्थ्य मापदण्ड पालनामा कडिकडाउ गरेको छ । मास्क अनिर्वाय, स्यानिटाइजरको प्रयोग र दूरी कायम गर्न विमानस्थलले कर्मचारी तथा यात्रु वर्गमा अनुरोध गरेको छ ।
त्रिअविबाट हाल आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायुसेवा कम्पनीले उडान सेवा दिइरहेका छन् भने अन्तरराष्ट्रियमा दुई नेपालीसहित २० वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् । विमानस्थलका महाप्रबन्धक गुरागाइँका अनुसार अन्तरराष्ट्रियमा १७ वटा नियमित र बाँकी चार्टर्ड गरी दैनिक २५ देखि ३० उडान हुने गरेका छन् । दुवैतर्फ गरी ५० देखि ६० उडान हुने गरेको छ । त्यस्तै आन्तरिकमा दैनिक ३०० हाराहारी उडान हुने गरेको छ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को निर्णयअनुरुप आगामी माघ ७ गतेदेखि विमानस्थलमा पुग्ने यात्रुलाई अनिवार्यरुपमा कोभिडविरुद्धको खोप लगाएको कार्ड साथमा संलग्न हुने व्यवस्था मिलाउने निर्णय गरेको थियो । अन्तरराष्ट्रिय उडानका यात्रुले ७२ घण्टे पिसीआर नेगेटिभ रिपोर्ट देखाउनुपर्ने हुन्छ । आन्तरिक उडानको हकमा माग ७ गतेदेखि हवाई यात्रुले खोप कार्ड देखाएर मात्रै हवाईयात्रा गर्न पाउनेछन् ।
कोभिड सङ्क्रमण बढेसँगै विमानस्थल कार्यालयले पुस २७ गते विज्ञप्ति जारी गर्दै अति जरुरी अवस्थामा बाहेक ‘भी पास’ उपलब्ध नहुने निर्णय भएको जनाएको थियो । विमानस्थलमा भीडभाड हुने भएकाले जरुरी अवस्थामा बाहेक बिदाइ र स्वागतका लागि विमानस्थल नआउनसमेत सर्वसाधारणमा अनुरोध गरेको छ । हवाईयात्राका दौरानसमेत आवश्यक मापदण्ड पालना गर्न आग्रह गरेको छ ।
यता अध्यागमन विभागले पनि अत्यावश्यक नपरेसम्म विदेश यात्रा नगर्न सबैमा अनुरोध गरेको छ । विभागले पुस २८ गते ट्राभल एडभाइजरी जारी गर्दै नयाँ भेरियन्टको सङ्क्रमणको जोखिम भएका मुलुकहरूमा नेपालबाट यात्रा गर्ने योजना बनाएका व्यक्तिहरूले अति आवश्यक अवस्थाबाहेक यात्रा नगर्न अनुरोध गरेको हो ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने