काठमाडौँ । सरकारले कोभिड संक्रमण फैलन थालेपछि सिंह दरबार प्रवेशमा कडाइ गरेको छ ।
गृह मन्त्रालयले सिंहदरबार प्रवेशका लागि बनाइएका सरसफाइकर्मी बाहेकका अस्थायी र स्थायी पास तथा अस्थायी परिचयपत्र खारेज गरेको छ । मन्त्रालयले आज एक सूचना जारी गरी कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनगर गरी सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग र विभिन्न कार्यालयबाट जारी भएका उक्त पास खारेज गरिएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा नयाँ स्थायी, अस्थायी पास र परिचयपत्र जारी गर्नुपरेमा आवश्यकता हेरी सम्बन्धित निकायको सिफारिसमा गृह मन्त्रालयको पूर्वसहमति लिई सम्बन्धित निकायबाटै जारी हुने उल्लेख छ ।
सरसफाइसँग सम्बन्धित व्यक्तिको हकमा पूर्व जारी भएका पास र अस्थायी परिचयपत्रबाट नै प्रवेश दिने मन्त्रालयले जनाएको छ । सिंहदरबारभित्र सञ्चालन भएका चमेनागृहको हकमा २९ गते एक दिनका लागि पुरानै पासबाट प्रवेश दिइने र ३० गतेदेखि भने आवश्यकता हेरी नयाँ पास दिइनेछ ।
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण