भक्तपुर । तीन महिनादेखि पुल निर्माण नगरी अलपत्र छाड्ने निर्माण व्यवसायीलाई चाँगुनारायण नगरपालिका–३ झौखेलका वडाध्यक्ष श्यामसुन्दर धिमालले आफ्नो कार्यालयमा थुनिदिएका छन् ।
काम गर्न ठेक्का सम्झौता भए पनि विभिन्न बहाना गर्दै पुल निर्माण नगरी अलपत्र छाडेर उल्टै पुल निर्माणमा अवरोध आएकाले म्याद थप गर्ने आवेदन लिएर वडा कार्यालय आएका एसपीपी कन्स्ट्रक्सन एन्ड सप्लायर्सका प्रोजेक्ट म्यानेजर रवीन जिरेलसहित निर्माण व्यवसायीको टोलीलाई आज दिनभर कार्यकक्षमै थुनेर राखेका हुन् ।
पूर्वाधार विकास कार्यालय वाग्मती प्रदेशअन्तर्गत झौखेल कवाँसे खोला सडक पुल बनाउने जिम्मेवारी पाएको एसपीपी कन्स्ट्रक्सन एन्ड सप्लायर्सले विभिन्न बहाना बनाउँदै निर्माण सम्पन्न नगरी अलपत्र पारेको वडाध्यक्ष धिमालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पुल निर्माण तीन महिना अगाडिदेखि अलपत्र पारेर स्थानीयवासीलाई आवतजावतमा समेत कठिन पार्ने अनि पुल निर्माण सम्पन्न नगरी उल्टै पुल बनाउन स्थानीयवासीले अवरोध गरे भन्दै निवेदन लिएर आएका थिए, मैले विकासमा अवरोध गर्ने को हो मान्छे भन्नुस् भन्दा भन्न सकेनन्, त्यहाँ कसैले अवरोध गरेका पनि छैनन्, त्यसैले मैले कार्यालय कक्षबाट बाहिर जान नदिएर कार्यकक्षमै थुनेर राखेको हुँ ।”
निर्माण व्यवसायीले लापरवाही र ढिलासुस्ती गर्ने अनि स्थानीयवासीलाई दोष दिने प्रवृत्ति गलत भएको भन्दै यसबारेमा जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई समेत जानकारी गराएको उहाँको भनाइ थियो ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने