
काठमाडौँ। परराष्ट्रमन्त्री डा नारायण खड्का र उहाँका भारतीय समकक्षी एस जयशङ्करबीच दुई देशबीचको आपसी सहकार्य र सम्बन्धका बारेमा कुराकानी भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार उहाँहरुबीच आज भएको टेलिफोन वार्तामा द्विपक्षीय सहकार्यका विविध क्षेत्रका बारेमा छलफल भएको हो । विकास साझेदारी र कोरोना महामारीमा पनि नेपाल र भारतबीचको सहकार्य उल्लेखनीय रहेको उहाँहरूबीच कुराकानी भएको थियो ।
मन्त्रालयका अनुसार उहाँहरुबीच दुई देशबीचको सहकार्यको दायरा अझ फराकिलो बनाउने सम्बन्धमा पनि छलफल भएको थियो । परराष्ट्रमन्त्री डा खड्का र भारतीय विदेशमन्त्री जयशङ्करले नयाँ वर्षको शुभकामनासमेत आदानप्रदान गर्नुभएको थियो ।
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न