काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुङ्गो लगाएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका तर्फबाट आज पाँच जनाको नामावली टुङ्गो लगाउनुभएको हो । अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार प्रदेश नं २ मा उर्मिला अर्याल, गण्डकीमा अन्य समूहबाट सुरेश आलेमगर र दलितबाट भरत सुनार, कर्णालीमा अपाङ्गता अल्पसङ्ख्यकबाट नरबहादुर विष्ट र सुदूरपश्चिममा दलित कोटामा जगत पार्कीलाई उम्मेदवार बनाउने निर्णय भएको हो ।
सोमबार बसेको माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रियसभा सदस्यका उम्मेदवार छनोट गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो । सोही आधारमा अध्यक्षले आज उम्मेदवारको टुङ्गो लगाउनुभएको उहाँको सचिवालयले पुष्टि गरेको हो ।
राष्ट्रियसभाको रिक्त हुन लागेको १९ सिटमा आज मनोनयन दर्ता गर्ने कार्यक्रम निर्वाचन आयोगले तय गरेको छ । आगामी माघ १२ गते निर्वाचन हुने कार्यक्रम छ । सत्तारुढ गठबन्धनले संयुक्त उम्मेदवार खडा गर्ने र संयुक्त रुपमा नै दर्ता गर्ने तयारी गरेका छन् । सोमबार बिहान बसेको गठबन्धनको बैठकले भागवण्डाका आधारमा उम्मेदवार चयन गर्ने निर्णय गरेको थियो ।
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न