विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंकको घोटला प्रकरणमा बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) नविन सुवेदी पक्राउ परेका छन् । सिइओ सुवेदीलाई बुधबार साझ मोरङ प्रहरीले पक्राउ गरेको छ ।
उनीसँगै अधिकृत अमित थापा मगर र बैंकका लेखा प्रमुख देवीप्रसाद भण्डारीलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । बैंकको रेमिटेन्सको १६ करोड रकम हिनामिना गरेको आरोप उनीहहरुलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता दीपक श्रेष्ठले बताए ।
बैंकबाट गायब रकममध्ये अधिकांश रकम सिइओकै आफन्तको खातामा रहेको पाइएपछि उनलाई प्रहरीले नियनत्रणमा लिएको हो । बैंकको नाफा बापतको १६ करोड रुपैयाँ आफन्तको नाममा बैंककै कर्मचारीले निकालेको खुलेको स्रोतले जनाएको छ ।
विराटनगरस्थित कर्पोरेट कार्यालयमा जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख रहेका हिमाल भट्टराई रकम हिनामिना गरेको आरोपमा यस अघि नै पक्राउ परिसकेका छन् ।
नविन सुवेदीकी ठूलो बुवाकी छोरी झापाको गौरादहकी वविता सुवेदीको नाममा १४ करोड रुपैयाँ निकालेको देखिएको थियो भने एक सञ्चालकले जानकारी दिए । सिइओ सुवेदी र पक्राउ परेका भट्टराई मामा–फुपुका छोरा दाजुभाइ हुन् ।
बबिताको नाममा रहेका ९९९००००१५००१५ नम्बरको बचत खातामा ५ वर्षदेखि अर्थात् सन् २०१६ देखि २०२१ अगस्त २ सम्ममा १४ करोड रुपैयाँ बढी रकम जम्मा भएको देखिएपछि सुवेदी समेत सकाको घेरामा परेका थिए । सिइओ सुवेदीले भाउजु भगवती सुवेदीको ९९९००००८९२०१ नम्बरको बचत खातामा पनि विभिन्न मितिमा रकम जम्मा गरेको देखिएको थियो ।
सिइओ सुवेदीका साला साजन पोखरेलकी जेठी सासु बानी पोखरेल र बैंकका एचआर प्रमुख परमा काफ्लेको खातामा पनि पैसा जम्मा भएको देखिएको जनाइएको छ ।
बैंकमा अनियमितता बढ्दै गएपछि बैंककै एक कर्मचारीले नेपाल राष्ट्र बैंकमा उजुरी दिएका थिए । उजुरीका आधारमा राष्ट्र बैंकले पत्राचार गरेपछि मात्रै बैंकको नाफा रकम हिनामिना भएको सञ्चालक समितिले थाहा भएको थियो । रकम हिनामिना भएको पत्र राष्ट्र बैंकले पठाएपछि सञ्चालक समिति अध्यक्ष निरौलालाई हटाएर डा. अर्जुन बराललाई पुस १ गतेदेखि अध्यक्ष तोकिएको छ ।
प्रहरीले मंसिर १९ गते भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । सीईओ सुवेदीले आफैंले जीएसडी प्रमुख भट्टराईविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका छन् । नेपाल राष्ट्र बैंक र प्रहरीको सेन्ट्रल इन्भेस्टिगेसन ब्यूरोले पनि अनुसन्धान गरिरहेको बैंकले जनाएको छ ।
विभिन्न निकायले अनुसन्धान गरिरहेको हुँदा अनियमिततामा क–कसको संलग्नता छ भन्ने अनुसन्धान सकिएपछि मात्रै भन्न सकिने बरालले बताए । बैंकका निक्षेपकर्ता तथा लगानीकर्ताको रकममा कुनै आँच नआउने अध्यक्ष बरालले बताए ।
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त बैंकको केन्द्रीय कार्यालय धनकुटामा रहेको छ । बैंकका १ नम्बर प्रदेशभर ३६ शाखा कार्यालय छन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने