काठमाडौं । नेकपा माओवादीका नेता वर्षमान पुनले चिनियाँ उपमन्त्री चेन झाओसँग भेटवार्ता गरेका छन् । उचारका क्रममा चीनको सेनजेनमा रहेका उनले उपमन्त्री झाओ नेतृत्वको टोलीसँग भेटवार्ता गरेका हुन् ।
काठमाडौंमा पार्टीको आठौँ महाधिवेशन चलिरहेका बेला पुन र चिनियाँ उपमन्त्री झाओबीच भेटवार्ता भएको हो । स्वास्थ्यका कारण देखाउँदै महाधिवेशनमा सहभागी नभएका पुनले झाओ नेतृत्व टोलसँग भेटवार्ता गरेका हुन् ।
झाओको टोलीसँग पुनको भेटवार्ता हुँदा पुनकी पत्नी पूर्वसभामुख तथा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्ती पनि सहभागी थिइन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको परामर्शमा नेता पुनले चिनियाँ उपमन्त्रीसँग दुई देशबीचको सम्बन्धी, चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रको सम्बन्ध विस्तार लगायतका विषयमा कुराकानी गरेको बताएका छन् ।
पुनका अनुसार नेपालको समसामयीक राजनीति, वामपन्थीहरुबीचको सहकार्य र एकता, अगामी चुनावमा हुने तालमेल, तथा वाम घटकहरुका बीचको पार्टी एकताका विषयमा पनि चिनियाँ मन्त्रीले चासो राखेका छन् ।
सो भेटवार्ताका क्रममा पुनले अहिलेको पाँच दलीय गठबन्धन आगामी चुनावसम्म जाने र त्यसपछि पनि सहकार्य गर्न तयार रहेको बताएका छन् ।
वंगाणुगत तथा विश्वमा विरलै देखिने जण्डिस रोगका कारण करिब ३ महिनादेखि पुन उपचाररत छन् । जण्डिस दोहोरिएपछि नेता पुन १३ असोज १३ मा बैंककतर्फ लागेका थिए । उनको १० मंसिरदेखि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पिटल अफ सेनसेजमा उपचार भइरहेको छ ।
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा