खोटाङ । प्रजातान्त्रिक आन्दोलनका योद्धा रामप्रसाद राईको स्मृतिमा पार्क निर्माण सुरू भएकाे छ ।
खोटेहाङ गाउँपालिका-७ खोटाङबजारमा रहेको ऐतिहासिक टुँडिखेलमा रामप्रसाद राई स्मृतिपार्क निर्माण सुरू भएकाे हाे । क्रान्ति नायक रामप्रसाद राईको त्याग र समर्पणलाई उजागर गर्दै ऐतिहासिक टुँडिखेललाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्यका साथ स्मृतिपार्क निर्माण सुरू गरिएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए ।
हाल ऐतिहासिक टुँडिखेलमा राईको शालिक, बगैंचा, घेरावारालगायत संरचना निर्माण भइरहेको छ । फुटबल खेल्न प्रयोग हुँदै आएको टुँडिखेलको किनारामा पर्खाल, प्रतिक्षालय लगायतका संरचना बनिसकेको छ । टुँडीखेल संरक्षण तथा स्मृतिपार्कका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७५/६७ मा १० लाख, ०७६/०७७ मा १५ लाख र २०७७/०७८ मा १० लाख विनियोजन गरेको थियो । यस्तै, प्रदेश सरकारबाट आर्थिक वर्ष ०७५/०७६ मा २० लाख र आर्थिक वर्ष ०७७/०७८ मा स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको १० लाख बजेट खर्च भइसकेको छ । गाउँपालिकाले आर्थिक वर्ष ०७७/०७८ मा डिपिआर तयार पारेर स्मृतिपार्क निर्माणको काम अघि बढाएको हो ।
ब्रिटिस सेनाको जागीर छाडेर नेपाली सेनामा भर्ती भएपछि तत्कालिन राणा सरकारले उनको कमाण्डमा खोटाङबजारमा सेना खटाएको थियो । सो टुँडिखेलमा राईले २००५ सालतिर समी, लाकुरी, सिमल र भगवती माबिको प्रांगणमा करवीर फूल रोपेको इतिहास छ । सो टुँडिखेल भने १९६३ देखि १०९० सालकोबीचमा बनेको भगवती दिनानाथ माविका प्रअ एवं खोटाङ क्याम्पस प्रमुख कुमार पराजुलीले बताए । राईले सिराहाबाट समीको बिरुवा ल्याएर टुँडिखेलको किनारामा रोपेका थिए ।
रामप्रसाद राई राणाविरोधी सशस्त्र संघर्षमा पूर्वमा जनमुक्ति सेनाका सर्वोच्च कमान्डर थिए । ००७ सालमा उनकै कमान्डमा भोजपुर अड्डा कब्जा भएकाे इतिहास छ । सरकारले १५ पुस ०७५ मा जननायक राईको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरिसकेको छ ।
जवानबाट बढुवा हुँदै लेफ्टिनेन्ट बनेका राईले खोटाङबजारमै रहेको समयमा राणा सरकारबाट निष्कासित भएपछि घर (भोजपुर) फर्किएर राणा विरोधी गतिविधि सुरू गरेका थिए । खोटाङबजार छाड्नुअघि रामप्रसादले ‘वर्ष दिनभित्र देशमा उथलपुथल हुन्छ’ भन्दै भोजपुरतर्फ हिँडेको स्थानीय बृद्ध एवं पुर्वप्रअ मणिकलाल प्रधान बताउँछन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग