काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीको सङ्ख्या टुङ्गो लगाएको छ । आज बसेको केन्द्रीय समितिको बैठकले १५ सदस्यीय पदाधिकारी रहने निर्णय गरेको हो ।
शुक्रबारको बैठकले केन्द्रीय समितिमा १५ सदस्यीय पदाधिकारी हुने प्रस्ताव गरेको थियो । सोही प्रस्तावलाई आज बसेको केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
उहाँका अनुसार अब १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुने भएको छ । पछिल्लो पटक माओवादी पनि बहुपदीय व्यवस्थामा जाने भएको हो । केन्द्रीय समितिको बैठकले पारित गरेको विधानअनुसार पार्टीमा एक जना अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहने भएका छन् ।
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा