हेटौंडा । लोपोन्मुख चेपाङ समुदायबाट पहिलोपटक मन्त्री बनेका छन् ।
बागमती प्रदेशमा पहिलोपटक चेपाङ मन्त्री बनेका हुन् ।
शुक्रबार बागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकारमा सन्तबहादुर चेपाङलाई राज्यमन्त्री बनाएका छन् ।
मकवानपुरको राक्सिराङ गाउँपालिका-७ धिराङका चेपाङ भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त भएका हुन् । सन्तबहादुर चेपाङ नेपाली कांग्रेसबाट समानुपातिकमा प्रदेशसभा सदस्यमा चुनिएका थिए ।
उनले आजै प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनियताको सपथ लिएका हुन् ।
नेपाल आदिवासी जनजाति महासङ्घद्वारा सांसदसमक्ष १८ बुँदे अडानपत्र प्रस्तुत
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो