काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को प्रथम राष्ट्रिय सम्मेलनमा करिब एक हजार ५०० प्रतिनिधिको सहभागिता रहने भएको छ । आयोजक, सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट, आयोग, विभाग तथा प्रदेशबाट एक हजार ५३३ प्रतिनिधिको सहभागिता हुने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
सम्मेलनमा आयोजक १७९, सल्लाहकार १४९, ज्येष्ठ कम्युनिष्ट १२५, आयोग ७५, केन्द्रीय विभाग १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधि ८०३ गरी कूल एक हजार ४६० को सहभागिता रहनेछ । यसबाहेक जनयुद्धका घाइते, अपाङ्गता भएका व्यक्ति तथा पूर्वजनमुक्ति सेनाका तर्फबाट पाँच प्रतिशत अर्था्त ७३ जना मनोनीत गरिनेछ । सबैभन्दा धेरै बागमती प्रदेशबाट १२८ र कम प्रवास प्रदेश समितिबाट ३४ प्रतिनिधि सहभागी हुनेछन् । प्रदेश नं २ बाट १०६, लुम्बिनीबाट १०५, प्रदेश नं १ बाट ९६, कर्णालीबाट ८७, सुदूरपश्चिमबाट ८४, गण्डकीबाट ७४, सम्पर्क समन्वय प्रदेशबाट ४३ र उपत्यका विशेष प्रदेशबाट ४२ प्रतिनिधि सहभागी हुने प्रवक्ता महराले जानकारी दिनुभयो ।
माओवादीको राष्ट्रिय सम्मेलन यही पुस ११ देखि नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुँदैछ । राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको माओवादीले जनाएको छ । सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माणका लागि राजनीतिक वैचारिक प्रतिवेदन पेश गर्ने बताइएको छ ।
नेपाल आदिवासी जनजाति महासङ्घद्वारा सांसदसमक्ष १८ बुँदे अडानपत्र प्रस्तुत
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो