
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले वरिष्ठ कवि तथा गजलकार बुँद राना (लोकबहादुर राना) लाई प्रज्ञा–प्रतिष्ठानको आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरेको छ ।
नेपाली कविता काव्य साहित्यका क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि साधनारत रही विशिष्ट योगदान गर्नुभएका भैरहवाका रानालाई मङ्सिर २४ गते बसेको प्राज्ञ परिषद्को ३८ औँ बैठकले पुस १ गतेदेखि लागु हुने गरी आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरेको हो । बैठकले सोही मितिदेखि रानालाई आजीवन सदस्यले पाउने नियमानुसारको मासिक आजीवन भत्ता उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।
आजीवन सदस्य आनन्ददेव भट्टको निधनपश्चात् रिक्त हुन आएको एक आजीवन सदस्य पदका निम्ति उपयुक्त, योग्यतम र वरिष्ठतम साधकको छनोट गरी सिफारिस गर्न गठित उपकुलपति डा. जगमान गुरुङ संयोजक तथा प्राज्ञ परिषद् सदस्य प्रा.डा. हेमनाथ पौडेल र माया ठकुरी सदस्य रहेको सिफारिस समितिको सिफारिसका आधारमा प्राज्ञ परिषद्को बैठकले रानालाई आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरेको हो ।
एनआरएनए ,अवकाश प्राप्त राष्ट्रसेवक, निजी क्षेत्रका विज्ञबीचको छलफलमा के भयो ?
नेपाल आदिवासी जनजाति महासङ्घद्वारा सांसदसमक्ष १८ बुँदे अडानपत्र प्रस्तुत
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका