सान्टीयागो । ल्याटिन अमेरिकी मुलुक चिलीमा ३५ वर्षका विद्यार्थी नेता राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।
आन्दोलनकारी कम्युनिष्ट नेताका रुपमा चर्चित गेब्रियल बोरिक चिलीको सवैभन्दा कान्छो राष्ट्रपतिका रुपमा निर्वाचित हुुनु भएको हो । कूल मतको ५६ प्रतिशत मत पाएर उहाँ निर्वाचित भएपछि अहिले देशभरी खुशीयाली छाएको र दशौँ हजार मानिसले विजय जुलुश निकालेको विदेशी सञ्चार माध्यमहरुले जनाएका छन् ।
उहाँका प्रतिद्धन्द्धी तथा पुरातनवादी पार्टीका नेता जोस एन्टेनियो कास्टले भने ४४ प्रतिशत मात्रै मत पाउनु भएको थियो । उहाँहरुका बीचमा १२ प्रतिशत मत अन्तर थियो । विश्वविद्यालयको शिक्षा निःशुल्क हुनुपर्ने मागसहित सन् २०११/१२ मा विद्यार्थीहरुले गरेको आन्दोलनमा उहाँ मुख्य आन्दोलनकारी हुनुहुन्थ्यो ।
त्यसपछि सन् २०१३ मा भएको तल्लो सदनको निर्वाचनमा उहाँले स्वतन्त्र उम्मेदवार बनेर जित हासिल गर्नु भएको थियो ।
त्यसैगरी सन् २०१७ मा पनि उहाँ सबैभन्दा धेरै मतसहित विजयी हुनुभएको थियो । अहिले फेरि सरकारबिरुद्ध भएको ब्यापक प्रदर्शनपछि राष्ट्रपतीय निर्वाचन भएको हो । निर्वाचनका बेलामा आफू निर्वाचित भएमा चिलीमा स्थिर अर्थव्यबस्था अवलम्बन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ