‘मेरी प्रिय कविता
किन किन घुमाउरो भए पनि
तिम्रै घरको बाटो हिँड्न मन लाग्छ
एकतर्फी प्रेममा परेछु कि कसो
सधैँ सधैँ तिम्रै याद आइरहन्छ
अघोरै माया लागिरहन्छ…’
कवि तथा गीतकार अमर बान्तुद्वारा रचित यो कवितांश नेपथ्यबाट गुञ्जिएसँगै ‘अमर बान्तु काव्य साँझ’को साहित्यिक रसस्वासदन सभा आरम्भ भयो । माझ किराँतको एक ऐतिहासिक भूमि, नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको उर्वर बगैँचा भोजपुरको दिल्पा–नागीमा आमा वृन्दालक्ष्मी तथा बुबा लक्ष्मीप्रसाद राईका सातौँ सन्तानमध्येका काइँला सन्तानका रूपमा उदाउनुभएका स्रष्टा अमर बान्तु भोजपुरका मात्रै नभएर राष्ट्रकै एक अनमोल रत्न भएको अनुभव आज सहभागीले गरेका छन् ।
‘फक्रिँदै रहरहरू निभ्नै लाग्यो जिन्दगी
अलिक वरै रोकिएछ घात भयो जिन्दगी…’ जस्ता कविताबाट उहाँले सहभागीको ध्यान खिच्न भरमग्दूर कोसिस गर्नुभएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका कूलपति गङ्गाप्रसाद उप्रेतीले कार्यक्रमको थालनी गर्दै पं बान्तु बहुमखी प्रतिभाका धनी भएको बताउनुभयो । उहाँले साहित्य साधनाका साथै व्यवसाय र समाजसेवामा उत्तिकै लगावका साथ लागिपरेका स्रष्टा बान्तुका रचनाले समाज रूपान्तरणका लागि योगदान पुग्ने विचार गर्दै भन्नुभयो, “बान्तुजीका रचना जस्तै उहाँमा कविता कण्ठस्त सुनाउने कला पनि बेजोड रहेछ । यो कवितालाई लोकप्रिय बनाउने सन्दर्भमा नयाँ र अनुकरणीय कुरा हो ।”
कवि तथा प्राज्ञ शशी लुमुम्बूले कवि अमर बान्तु काव्य–नायक अमर बान्तुका बारेमा केही बोल्ने प्रयत्न गर्नु सूर्यको अगि बत्ती देखाउनुजस्तो मात्रै हो भन्दै यहाँ त्यही सूर्यलाई बत्ती देखाइएको टिप्पणी गर्नुभयो । “बत्ती देखाउनु भनेको पूजा गर्नु हो, अर्थात् अभिनन्दन गर्नु हो । स्रष्टा बान्तुलाई सादर अभिनन्दन गर्दछु”, शशीको भनाइ थियो ।
कवि अमर बान्तुलाई कार्यक्रम सञ्चालिकाले कविता काव्य प्रस्तुतिका लागि मञ्चमा निम्त्याइन् । हँसिलो र फूर्तिलो भावमा मञ्चमा प्रवेश गरेका बान्तुले थोरै भूमिका बाँध्दै काव्य साँझको माहोल जगाए शिव ताण्डव स्त्रोत प्रस्तुत गरेर । अनि बान्तुले कविता सुनाउन आरम्भ गर्नुभएको थियो ।
करिब एक घन्टाको समयमा स्रष्टा बान्तुले ‘होची मिन्ह’ र ‘पोलपोट’ शीर्षकको कविता सुनाएर मुलुकका लागि हिंसा, विभेद् तथा अत्याचार कहिल्यै र कसैलाई पनि सह्य नहुने भाव प्रकट गर्नुभयो । त्यसपछि उनले गजल सुनाए–नजरैले घाइते पर्ना माहिर हजुर’ । प्रेमिलो गजलबाट माहोललाई नै प्रेमिल बनाएका उनले मनको भावना सुनाए गजलमै । त्यसपछि आफ्नै जिन्दगीकाबारे रचना गरिएको गजल–ए जिन्दगी सुनाएर उहाँले माहोललाई नै स्तब्ध बनाउनुभयो । अन्त्यमा ‘घरबेटी’ र ‘चोकमा गफिनेहरू’को जगल सुनाएर कविता/काव्य प्रस्तुतिको मैझारो गर्न लाग्दा दशकदीर्घाबाट आएको ‘वान्समोर…वान्समोर’लाई स्वीकार गर्दै पुनः उहाँले ‘मेरी प्रिय कविता’ सुनाउनुभएको थियो ।
कार्यक्रममा पूर्वमन्त्री एवं कवि एस्पी कोइराला, कवि श्रवण मुकारुङ र लायन्स क्बलका तर्फबाट लायन्स अनन्त भेटवालले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्दै स्रष्टा बान्तुको निरन्तर र सार्थक काव्य सिर्जनाको कामना गर्नुभर्एको थियो । अमर बान्तुको कविता तथा गीतसङ्ग्रह ‘परिभाषाका राँटाहरू’ र उत्कृष्ट गीतका दुई एल्बम ‘अमर भावना’ र ‘अमर भावना–२’ प्रकाशित छन् । उहाँका दर्जनौँ गीत लोकप्रिय छन् ।
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा