लण्डन । बेलायतको केन्द्रीय बैँक बैँक अफ इङल्याण्डले ब्याजदर बढाएको छ ।
बैँकको मौद्रिक नीति समितिले नयाँ ब्याजदर ०.२५ प्रतिशत बनाउने निर्णय गरेको हो । सो निर्णयका पक्षमा समितिका ९ सदस्यहरुमध्ये ८ जनाले समर्थन जनाएका थिए भने एक जनाले विरोध जनाएका थिए ।
बैँकले गत वर्ष ब्याजदर ०.१ प्रतिशत कायम गरेको थियो । केही महिनाअघि नै ब्याजदर बढ्ने चर्चा भए पनि अहिले आएर मात्र बैँकले ब्याज दर बढाएको हो । तथापि ओमिक्रोन भाइरसको बिग्बिगी र क्रिशमसको मुखमा बढाइएको भनेर बैँकको निर्णयको आलोचना पनि गरिएको छ ।
नयाँ ब्याजदर सँगै अब मोर्गेज बढ्ने भएको छ । भेरियबलमा रहेका मोर्गेज ग्राहकले मासिक १० देखि १५ पाउण्ड बढी तिर्नपर्ने बीबीसीको विश्लेषण छ ।
समग्रमा आजको निर्णयबाट सर्वसाधारणमा सामान्य मात्र असर पर्ने बताइएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा