लण्डन । बेलायतको केन्द्रीय बैँक बैँक अफ इङल्याण्डले ब्याजदर बढाएको छ ।
बैँकको मौद्रिक नीति समितिले नयाँ ब्याजदर ०.२५ प्रतिशत बनाउने निर्णय गरेको हो । सो निर्णयका पक्षमा समितिका ९ सदस्यहरुमध्ये ८ जनाले समर्थन जनाएका थिए भने एक जनाले विरोध जनाएका थिए ।
बैँकले गत वर्ष ब्याजदर ०.१ प्रतिशत कायम गरेको थियो । केही महिनाअघि नै ब्याजदर बढ्ने चर्चा भए पनि अहिले आएर मात्र बैँकले ब्याज दर बढाएको हो । तथापि ओमिक्रोन भाइरसको बिग्बिगी र क्रिशमसको मुखमा बढाइएको भनेर बैँकको निर्णयको आलोचना पनि गरिएको छ ।
नयाँ ब्याजदर सँगै अब मोर्गेज बढ्ने भएको छ । भेरियबलमा रहेका मोर्गेज ग्राहकले मासिक १० देखि १५ पाउण्ड बढी तिर्नपर्ने बीबीसीको विश्लेषण छ ।
समग्रमा आजको निर्णयबाट सर्वसाधारणमा सामान्य मात्र असर पर्ने बताइएको छ ।
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल