काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)ले देशभरका उच्च र जिल्ला अदलतमा पनि गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गरेको छ ।
बुधबार बसेको फुलकोर्टले माघ २ गतेदेखि उच्च अदालत र जिल्ला अदालतमा पेसी तोक्नका लागि गोलाप्रथा अपनाउने निर्णय गरेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सहभागी नभएको न्यायाधीशहरुको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो। सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाप्रथा लागू भइसकेको छ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार माघ २ गतेबाट उच्च अदालत र जिल्ला अदालतमा गोला प्रणालीबाट पेसी तोक्ने निर्णय गर्दै त्यसका लागि आवश्यक पर्ने कानुनी व्यवस्था गर्न निर्देशन दिएको हो । गोलाप्रथाबाट पेसी व्यवस्थापन गर्न निर्देशिका तयार पार्न फुल कोर्टले सर्वोच्च अदालत प्रशासनलाई निर्देशन दिएको थियो ।
सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनमा अदालतका विकृति हटाउन गोलाप्रथाबाट पेसी तोक्न सुझाव दिइएको थियो । तर प्रधानन्यायाधीश राणाले त्यसको कार्यान्वयन गरेका थिएनन् । राणाविरुद्ध आन्दोलन चर्कदै जाँदा सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्न थालिएको थियो ।
तर उच्च र जिल्ला अदालतमा पनि गोलाप्रथाको माग गर्दै आन्दोन जारी रहँदा उक्त निर्णय कार्यान्वय गर्ने निर्णय भएको हो ।
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल