बाग्मती प्रदेशका मुख्यमन्त्री शाक्यद्वारा राजीनामा

मकवानपुर। वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिनुभएको छ ।

उहाँले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा दिनुभएको हो । उहाँले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष आज राजीनामा पेश गर्नुभएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।

यसअघि मुख्यमन्त्री शाक्यले प्रदेशसभाको बैठकमा आजै राजीनामा दिने घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री