
संयुक्त राष्ट्रसंघ। सिंगापुरका समाजशास्त्री नोएलिन हेजरलाई म्यानमारका लागि नयाँ विशेष दूत रुपमा नियुक्त गरिएको संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले सोमबार घोषणा गर्नु भएको छ । ७३ वर्षीया हेजरले स्विट्जरल्याण्डकी क्रिस्टिन श्रनर बर्जेनरलाई विस्थापित गर्नुभएको छ ।
हेजरले संयुक्त राष्ट्रसंघमा विशेष गरी सन् २००७ देखि २०१४ सम्म एसिया र प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगको प्रमुखका रुपमा कैयौ वरिष्ठ पदहरू सम्हालिसक्नु भएको छ । सन् २०१३ देखि २०१५ सम्म उहाँले पूर्वी टिमोरको लागि विशेष सल्लाहकारको रुपमा सेवा गर्नु भएको थियो ।
म्यानमारमा फेब्रुअरी १ बाट सैन्य कू भएपछि दश वर्षको लोकतान्त्रिक अवधिको अन्त्य भएको थियो संयुक्त राष्ट्रसंघले सैन्यलाई सरकारलाई राजनीतिक वार्ता पुनः सुरु गर्न र समयसमयमा पक्राउ परेका नागरिक अधिकारीहरूलाई मुक्त गर्न आग्रह गर्दै आएको छ ।
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
धादिङबाट त्रिशूलीमा बस खस्दा कम्तीमा १७ जनाको मृत्यु, २४ घाइते
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
स्कटल्याण्डविरुद्ध नेपालको जित