काठमाडौँ। सरकार र नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा आज भएको भेटमा सरकार र नेकपा ‘विप्लव’ समूहबीच विसं २०७७ फागुन २० गते भएको तीनबुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको हो । भेटमा विभिन्न घटनामा पक्राउ परेका बन्दीलाई कानुनसम्मत ढङ्गले रिहाई गर्ने विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री बालकृष्ण खाँड, कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, महान्यायधिवक्ता खम्बबहादुर खाती र नेकपा ‘विप्लव’ समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को सहभागीता रहेको थियो ।
भेटमा नेकपाले विभिन्न घटनामा जेल परेका कैदीबन्दी र मुद्दाको सूची तयार गरी सरकारलाई बुझाउने र सरकारले आवश्यक अनुसन्धान गरी कानूनसम्मत रुपमा मुद्दा फिर्ता लिने विषयमा छलफल भएको महान्यायधीवक्ता खातीले जानकारी दिनुभयो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा