लण्डन । बेलायतमा गुल्मेली नेपालीहरुको साझा मंच गुल्मी जिल्ला समाज यूकेको वार्षिक साधारणासभा यही अप्रिल २६ तारिक आईतवारका दिन हुने भएको छ ।
लण्डनको ब्लु आर्किड सभा कक्षमा हुने साधारण सभामा उपस्थितिका लागि समाजले सबै सदस्यहरुलाई अनुरोध गरेको छ ।
साधारणसभा तयारीका लागि समाजको कार्यसमिति तथा सल्लाहकारहरुको बैठक हालै सम्पन्न भएको छ ।
समाजका अध्यक्ष अर्जुन गौतमको सभापतित्वमा सम्पन्न उक्त बैठकमा साधारण सभाको तयारीका बिबिध बिषयमा छलफल भएको समाजले जनाएको छ । महासचिव राम गलामीले संचालन गरेको बैठकमा उपाध्यक्ष ओम गुरुंगले स्वागत मन्तब्य दिएका थिए भने महासचिव राम गलामी, उपाध्यक्ष बिनोद ज्ञवाली तथा चौथो एम्बुलेन्स परियोजनाका संयोजक मति प्रसाद पुनले भर्खरै समाजको तर्फबाट जिल्लामा उपलब्ध गराइएको चौथो एम्बुलेन्स हस्तान्तरण सम्बन्धि जानकारी गराएका थिए । त्यसैगरी कोषाध्यक्ष टोप पल्लीले आर्थिक, उपाध्यक्ष केशब भण्डारीले बिधान सम्बन्धि, सचिव शिव भण्डारीले आसन्न साधारण सभाको तयारी सम्बन्धमा प्रष्ट पारेका थिए । कार्यक्रममा कार्यसमितिकै मेडिया संयोजक फडिन्द्र भट्टराईले गुल्मी जिल्लाकै मृगौला पिडित मोहन रजालीको सहयोगार्थ साढे तीन लाख रुपैयाँ संकलन भएको र उक्त रकम छिट्टै नेपालमा हस्तान्तरण गरिने बताए ।
कार्यक्रममा अधिकांश कार्यसमितिका पदाधिकारी एवम् संस्थापक अध्यक्ष ओमप्रसाद थापा, सल्लाहकारहरु मोतिराज भण्डारी, मिन दर्लामी, दाशु पाण्डे , गोकर्ण बस्नेत, खड्ग रेश्मी, राजेन्द्र श्रेष्ठ लगायतको सकृय सहभागितामा संस्थाको सहयोग परिचालन सम्बन्धि नीति निर्धारण सम्बन्धि ब्यापक छलफल भएको थियो । बैठकले आगामी परियोजना छनोट तथा सिफारिसको लागी क्षेत्रगत रुपमा संयोजन गर्न दाशु पाण्डे, राम सापकोटा तथा शिव भण्डारीलाई संयोजनको जिम्मा दिने निर्णय गरेको छ ।
बैठकको अन्त्यमा अध्यक्ष अर्जुन गौतमले बैठक समापन गर्दै उपस्थित सबैलाई धन्यबाद दिँदै आगामी साधारण सभा सफल पार्न सबैलाई अनुरोध गरे ।
मगर संघ यूकेको ‘नेपाली ओपन कन्सर्ट’ जुलाई २५ मा, मन्त्र ब्यान्डको प्रस्तुति रहने
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
विचार : सहजताको मूल्य र गोपनीयता
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा