काठमाडौँ । विभिन्न समयमा नेपालबाट बाहिरिएका मूर्ति, थाङ्कालगायत पुरातात्विक महत्वका सम्पदा फिर्ता गराउन पुरातत्व विभागले पहल सुरु गरेको छ ।
विभिन्न देशमा चोरी निकासी भएर पुगेका नेपालको भनी स्वामित्व पहिचान भएका सम्पदा फर्काउन नेपाली राजदूतावास, इन्टरपोल र ती देशका सङ्ग्रहालयसँग मिलेर सूचना सङ्कलन गरेको विभागका महानिर्देशक दामोदर गौतमले राससलाई जानकारी दिनुभयो । अमेरिका, बेलायत, फ्रान्सलगायत देशमा रहेका यस्ता सम्पदा फिर्ता गराउन हाल पहल भइरहेको छ ।
गणेशको मूर्ति भारत र नेपाल दुवै देशमा र थाङ्का नेपाल एवं तिब्बत दुवैतिर बन्ने गरेकाले पहिचानमा कठिनाइ हुने गरेको उहाँले बताउनुभयो । विदेशस्थित सङ्ग्रहालय, निजी सङ्कलनमा रहेका पुरातात्विक सम्पदामा ‘नेप्लिज कलेक्सन’ भनी रखिएका सामग्री अवैध तरिकाले चोरी, निकासी भएको पाइएपछि स्वदेशमा फिर्ता गराउन लागिएको हो ।
यस्ता सम्पदा नेपाल फर्काउन विभागमा काम गर्ने जनशक्तिको कमी भएका कारण पनि समस्या हुने गरेको छ । विभाग हाल २५ जना जनशक्तिको भरमा चलाउनुपरेको महानिर्देशक गौतमको भनाइ छ । यही जनशक्तिको सम्पदा संरक्षण, पुरातात्विक स्थलको उत्खनन्, विश्व सम्पदा क्षेत्रको संरक्षण, विदेशिएका सम्पदाका विषयमा पनि काम गर्नुपरेको छ । चीनमा विदेशिएका सम्पदा फिर्ता गराउने काम गर्ने तीन ब्युरोसहित ४५० जनाभन्दा बढी कर्मचारीले काम गर्छन् ।
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा