बहराइन । तमु समाज बहराइनको ८औँ महाधिवेशन तथा १९औँ साधारणसभा सम्पन्न भएको छ । शुक्रबार बहराईनको मनामास्थित नेपाली क्लबको सभाहलमा समाजको महाधिवेशन तथा साधारणसभा सम्पन्न भएको हो ।
महाधिवेशनले शंकरमान तमुको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको महासचिवमा भीम तमु निर्वाचित भएका छन् । यसैगरी राजु तमु प्रथम उपाध्यक्ष, मिना तमुस्यो द्वितीय उपाध्यक्ष र बालसिंह तमु तृतीय उपाध्यक्षमा निर्वाचित भए । किशोर घले तमु सचिवमा चुनिँदा सहसचिवमा बिफा तमुस्यो चुनिएका छन् ।
कोषाध्यक्षमा नन्दा तमुस्यो र सहकोषाध्यक्षमा कृष्ण तमु चयन भए । यसैगरी साँस्कृतिक सचिव र सहसचिवमा क्रमशः रजित तमु र मेनुका तमु निर्वाचित भएका छन् । ओम तमु ब्यवस्थापन सचिव र अनिता तमु व्यवस्थापन सहसचिवमा चुनिए । यता नरेश घले तमु खेलकुद सचिव र नीरध्वज तमु सहसचिवमा निर्वाचित भए । महाधिवेशनबाट मेचुना तमुस्यो, कर्ण तमु, धनमाया तमुस्यो, सुनिता तमुस्यो, मैते तमु, डी बी तमु, सन्तोष तमु र दिल बहादुर तमु कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।
समाजका सल्लाहकार चक्र गुरुङको संयोजकत्वमा अर्का सल्लाहकार मनु गुरुङ र प्रवक्ता मोहन गुरुङसहितको निर्वाचन मण्डलले नयाँ कार्यसमिति चयन गरेको हो । महाधिवेशन तमु समाज बहराईनका अध्यक्ष नरेन्द्र तमुको सभापतित्व तथा नेपाली क्लब बहराइनका अध्यक्ष कमल श्रेष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । गैर आवासीय नेपाली संघ समन्वय परिषद बहराइनका अध्यक्ष लक्ष्मी गिरी विशिष्ट अतिथिका रुपमा उपस्थित थिए ।
बहराइन सरकारले तोकेको कोभिड १९को मापदण्डका कारण महाधिवेशनमा सहभागीहरुको संख्या भने न्यून रह्यो । महाधिवेशनकै बीच समाजको लागि विभिन्न तवरले योगदान पुर्याएकाहरुलाई सम्मान समेत गरिएको थियो । तमु समाज बहराइन तमुहरुको मौलिक संस्कार र संस्कृतिको संरक्षणमा निरन्तर क्रियाशील रहँदै आएको छ ।
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती