काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्माले पार्टीको मौलिक राजनीतिक दर्शन छाडेका कारण पार्टीमा टुटफुट आएको टिप्पणी गर्नुभएको छ ।
पार्टीको सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समन्वय समितिले आज गरेको कार्यक्रममा उहाँले प्रचण्डपथले विचार र सङ्गठनलाई केन्द्रीकरण गरेको तर त्यसलाई छाड्दा टुटफुट आएको बताउनुभयो । “प्रचण्डपथले वैचारिक केन्द्रीकरण गरेको थियो, आन्दोलनको भावनालाई केन्द्रीकरण गरेको थियो तर त्यसलाई छाड्दा सबथोक विकेन्द्रीकरणतर्फ गयो”, उहाँले भन्नुभयो, “अब प्रचण्डपथ र एक्काइसौँ शताब्दीको जनवादबाट शिक्षा लिएर समाजवादी आन्दोलनको नेतृत्व गर्ने पार्टी बनाउनुप¥यो ।”
उहाँले पार्टीलाई जननियन्त्रित र जननिर्देशित पार्टीका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । “जनताको आदेशमा चल्ने पार्टी चाहियो । नेताले गरेका गल्तीमा जनताले औँला ठड्याउन पाउनुप¥यो । हामीले गरेका गल्तीउपर जनताले भण्डाफोर गर्ने मौका पाउनुपर्यो । यस्तो खालको पार्टी बनाउनुप¥यो अब ।”
माओवादी केन्द्रको सङ्गठन विभाग प्रमुखसमेत रहनुभएका नेता शर्माले भन्नुभयो, “अबको पार्टी विधि र पद्धतिमा आधारित भएर चल्छ । सफ्टवेयरको जमाना छ । प्रविधिको प्रयोग गरेर नेता कार्यकर्ताको मूल्याङ्कन गरिन्छ ।”
सङ्गठन विभागको प्रस्तावमा स्थायी समितिले ‘देश बनाऔँ टोलबाट, पार्टी बनाऔँ सेलबाट’ भन्ने नारा पारित गरेको भन्दै उहाँले यसलाई देशभर अभियानका रूपमा लागू गर्नुपर्नेमा जोड दिनुभयो । पार्टीको पक्षमा ३० लाख सङ्गठित जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ त्यसका लागि सङ्गठनात्मक फर्मूलासमेत तयार गरेको जानकारी दिनुभयो ।
अर्थमन्त्रीसमेत रहनुभएका नेता शर्माले अबदेखि पार्टी र जनसङ्गठनका हरेक कमिटी आर्थिक उत्पादन, रोजगारी र सामाजिक सांस्कृतिक रुपान्तरणको अभियानमा अनिवार्यरूपले जोडिनुपर्ने बताउनुभयो । हरेक कमिटी र हरेक व्यक्ति आर्थिकरूपले आत्मनिर्भर भएपछि मात्र समाजवाद आउने भएकाले पार्टीको नेतृत्वमा समाजवादी आन्दोलन अघि बढाउन आग्रह गर्नुभयो ।
अर्थमन्त्री शर्माले अब नेपालमा बन्द भएका उद्योग चलाउने, नयाँ उद्योगधन्दा खोलेर रोजगारी सिर्जना गर्ने र राष्ट्रिय पूँजी निर्माण गर्ने गरी सरकारले नीति बनाएको जानकारी दिनुभयो । सरकारले सहिद परिवारलाई मासिक वृत्ति, दीर्घरोगीलाई मासिक उपचार खर्च, राजनीतिक आन्दोलनका घाइतेको निःशुुल्क उपचारको व्यवस्था, महिला पहिला कार्यक्रम, युवा रोजगारी, दलित आवास निर्माण, पढ्दै कमाउँदै, डिजिटल शिक्षालगायत लोककल्याणकारी कार्यक्रम ल्याएको र तिनको कार्यान्वयनसमेत अघि बढिसकेको मन्त्री शर्माले जानकारी दिनुभयो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा