लण्डन । बुद्धिष्ट गुम्बा रेडिङको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
तमु धिँ युकेका अध्यक्ष हितकाजी गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा प्रथम महिला सीता गुरुड, बुद्धिष्ट गुम्बा रेडिङका अध्यक्ष इन्सपेक्टर खेमबहादुर गुरुङ, आमा समूह प्रमुख रजनी गुरुङ र पास पुचा गुठीका अध्यक्ष जानकी कायस्थ, प्रमुख संरक्षक लेप्टेन जसबहादुर गुरुङ, तमु घिँ युकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ लगायत भक्तजनहरुबाट दीप प्रज्वलन गरेर कार्यक्रम शुभारम्भ गरिएको थियो ।
महासचिव कमल गुरुङले सञ्चालन गरेको कार्यक्रममा उपध्यक्ष कृष्णा गुरुडले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै आमा समूहबाट अष्टमंगल पाठ प्रर्थानाका साथै संस्थाका प्रमुख लामा खेन्पो शिर लामाबाट अनलाइनमा स्वस्तिक वाचन तथा आशिक वाचन गरिएको थियो । कार्यक्रममा महासचिव कमल गुरुडबाट वार्षिक प्रतिवेदन, कोषाध्यक्ष मेजर बुद्धि गुरुङबाट आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने गुम्बा भवन खरिद संयोजक चन्द्रमान गुरुङद्वारा गुम्वा भवनको खरिद प्रक्रियाको भावी योजना प्रस्तुत गरेका थिए । उपाध्यक्ष नरबहादुर गुरुङले धार्मिक सम्बन्धी जानकारी दिएका थिए ।
संस्थालाई आगमी ३ वर्षको लागि हालको कार्यसमितिलाई नै निरन्तरता दिने भन्दै संरक्षक जसबहादुर गुरुङले हालका अध्यक्ष खेमबहादुर गुरुङ र आमा समूहको अध्यक्ष रजनी गुरुङलाई शुभकामना दिएका थिए । साथै यो वर्षबाट संस्थाले कानुनी सल्लाहकार समूह, मनोरन्जन समूह, युवा समूहको पनि चयन गरेको छ। सम्पूर्ण नयाँ कार्य समितिलाई प्रमुख संरक्षक जसबहादुर गुरुङले शुभकामना दिए ।
तमुधिँ युकेका अध्यक्ष हितकाजी गुरुङद्वारा तमु धीँबाट संस्थागत दोहोरो सहयोग गरिरहने वचन दिएका थिए । आमा समूहको अध्यक्ष रजनी गुरुङले संस्थाले नेपालमा विभिन्न क्षेत्रमा सहयोग गरिरहेकोमा सो कार्यलाई निरन्तरता दिइरहनु आवश्यकता प्रष्ट पारिन् । प्रमुख संरक्षक जसबहादुर गुरुङले सबैको सहयोगले गुम्वा भवन खरिद गर्ने सपना पूरा हुने बताए ।
अतिथि पासा पुची गुठीका अध्यक्ष जानकी कायस्थले बुद्ध धर्मको प्रचार प्रसार गर्न बुद्धिष्ट गुम्बा रेडिङले ठूलो सहयोग गरेको महसुस भएको प्रष्ट पारे । संस्थाका अध्यक्ष ई खेमबहादुर गुरुङले सम्पूर्ण सदस्य, संरक्षक, सल्लाहाकार, चन्दादाताहरुलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरे । आमा टोलीले सम्पूर्ण उपस्थित सदस्य तथा भक्तजनहरुलाई खाजा साथै मिष्ठान भोजनको व्यवस्था गरिएको थियो।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा