बेइजिङ। आपसी राजनीतिक विश्वासलाई बढाएर विद्यमान मतभेद कम गर्ने उद्देश्यले चीन–युरोप उच्च स्तरीय रणनीतिक वार्ता शुरू भएको छ ।
चीनका परराष्ट्र मन्त्री वाङ यी र युरोपेली सङ्घका कूटनीतिक तथा सुरक्षा नीति उच्च प्रतिनिधि जोस बोर्रेल्लले संयुक्तरूपमा अध्यक्षतामा गरेको एघारौं चीन–युरोप उच्च स्तरीय रणनीतिक वार्ता चीन र यूरोपेली संघबीच रहेका मतभिन्नतालाई कम गर्ने विश्वास वार्तामा चिनियाँ परराष्ट्र मन्त्री वाङले गर्नुभएको बताइएको छ ।
चिनियाँ परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री वाङ यीले हालै चीन र युरोप बीचको सम्पर्क र वार्ता बढ्दै गइरहेको क्रममा धेरै मतैक्य हासिल भएको बतानुभयो । वार्तामा सकारात्मक प्रवृत्तिलाई कायम राख्दै आपसी राजनीतिक विश्वासलाई बढाएर विद्यमान मतभेदलाई उचित तरिकाले कमी गर्ने र विश्वव्यापी देखा परेका चुनौतीको सामना गर्न दुवै पक्षको योगदान रहने विश्वास उहाँको छ ।
वाङले संयुक्त राष्ट्र संघको ७६ औं महासभाको सामान्य बहसमा राष्ट्राध्यक्ष सीले प्रस्तुत गर्नुभएको विश्वको विकास प्रस्तावमा यूरोपको सहभागिताको लागि स्वागत पनि गर्नुभएको छ ।
युरोपेली संघका उच्च प्रतिनिधि बोर्रेल्लले चीनसँग मिलेर भाबी आपसी उच्चस्तरीय आदानप्रदानको तयारी गर्दै पारस्परिक सम्बन्धको विकासको लागि राजनीतिक निर्देशन दिने अपेक्षा वार्तामा गर्नुभएको बताइएको छ । चीनसँग महामारी प्रतिरोध, जलवायु परिवर्तन तथा जैविक विविधताको संरक्षणमा हुने सहयोगमा निरन्तरता दिँदै जाने इच्छा पनि उहाँले व्यक्त गर्नुभएको छ ।
यसका अतिरिक्त, दुई पक्षबीच मानवअधिकार सम्बन्धमा बैचारिक आदानप्रदान भएको पनि मन्त्रालय स्रोतले बताएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने