काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ का कारण प्रयोगात्मक अभ्यास पूरा नगरेका विदेशमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीलाई आवेदन दिन आह्वान गरेको छ । कोभिडका कारण सम्बन्धित विदेशी विश्वविद्यालयमा प्रयोगात्मक अभ्यासको अवधि पूरा गर्ने अवस्था नभएका विषयमा स्वदेशमै प्रयोगात्मक अभ्यास अगाडि बढाउन आवश्यकपर्ने कार्यविधि तयार गर्ने विषयमा सुझाव दिन गठित कार्यदलको सुझाव बमोजिम मन्त्रालयले सो आह्वान गरिएको हो ।
कार्यदलबाट सन् २०१५ को व्याचमा भर्ना भई हालसम्म सैद्धान्तिक अध्ययन पूरा गरेका विद्यार्थीलाई नेपालमा नै बाँकी अवधि प्रयोगात्मक अध्यास पूरा गर्नेसम्बन्धी चिकित्सा आयोग तथा सम्बन्धित निकायबाट विश्लेषणका लागि मन्त्रालयमार्फत आवश्यक विवरण सङ्कलन गर्न सिफारिस भएको थियो ।
आवेदन दिने विद्यार्थीले स्नातक तहको पढाइ पूरा भएको पत्र वा सैद्धान्तिक परीक्षा उत्तीर्ण भएको प्रमाणपत्र, आफू अध्ययनरत कलेज, विश्वविद्यालयमा गरेको प्रयोगात्मक अभ्यासको अवधि खुल्ने विवरणको कागजात पेश गर्नुपर्नेछ । आवेदन यही असोज १२ गते खुला भई यही असोज २२ गतेसम्म कायम रहने मन्त्रालयले जनाइएको छ ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?