काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीको आसन्न १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँले आज पत्रकार सम्मेलन गरी सभापति पदमा उम्मेदवारी घोषणा गर्नुका साथै आफ्ना योजनाबारे समेत जानकारी गराउनुभयो ।
पार्टीमा अब युवा वर्गबाट नेतृत्वमा हस्तक्षेप हुनुपर्ने बताउँदै उहाँले एक व्यक्ति एक पद र कुनै पनि पदमा दुई कार्यकाल मात्र हुनुपर्ने आफ्नो योजना रहेको सुनाउनुभयो । युवा नेता गुरुङले भन्नुभयो, “अहिले कांग्रेसमा महिला, आदिवासी÷जनजाति, दलित, मधेसी, पिछडिएको समुदाय र खसआर्यका नाममा सीमित व्यक्तिले मात्र सदैव आरक्षणको सुविधा लिइरहेका छन्, यस्तो अवस्थामा नयाँले कहिले अवसर पाउने ?”
नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका उहाँले आफू पार्टी नेतृत्वमा आए पार्टीभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्ने योजना रहेको बताउँदै शिक्षा र स्वास्थ्य क्षेत्रलाई सहज पहँुचयोग्य बनाउने दृढता व्यक्त गर्नुभयो । उम्मेदवारी घोषणालाई कुनै पनि नेताले सौदाबाजीको साधन बनाउन नहुने धारणा व्यक्त गर्दै उहाँले आफू जुन पदमा घोषणा गरे त्यही पदमा मात्र उम्मेदवारी दिने विश्वास दिलाउनुभयो । पार्टीको क्रियाशील सदस्यतामा युवा वर्गको उल्लेख्य सहभागिता देखिएको अहिलेका नेताबाट सन्तुष्ट हुन नसकेको नेता कार्यकर्ताको आफूलाई सहयोग हुने उहाँको अपेक्षा थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा